अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको सर्वसाधारणलाई निष्काशन गरिएको प्राथमिक शेयर बाँडफाँड

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट २९ श्रावण २०८०, सोमबार
4 Min Read
Aa

काठमाडौँ,  एन आई सी एशिया क्यापिटल लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडको जारी पूँजी रु. ५०,९८,०४,०००÷– को ४९% अर्थात् रु.२४,९८,०४,०००÷– रकम बराबरको रु.१०० अंकित दरको २४,९८,०४० कित्ता साधारण शेयर सर्वसाधारणको लागि निष्काशन गरिएको शेयर मध्ये जारी पूँजीको १०% अर्थात रु.५,०९,८०,४००÷– रकम बराबरको रु.१०० अंकित दरको ५,०९,८०४ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि निष्काशन गरी रितपुर्वक प्राप्त २,०६,७६० कित्ता शेयर सम्बन्धित आवदेकलाई बाँडफाँड गरी कम्पनीको जारी पूँजीको ३९% अर्थात रु.१९,८८,२३,६००÷– रकम बराबरको रु.१०० अंकित दरका १९,८८,२३६ कित्ता शेयर मध्ये १,९८,८२४ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई निष्काशन गरिएको तथा सामूहिक लगानी कोषलाई छुट्याइएको ९९,४१२ कित्ता शेयर र कर्मचारीहरुलाई छुट्याइएको शेयर खरिदको लागि प्राप्त ३९,७६५ कित्ता साधारण शेयर समेत बाँडफाँड गरि बाँकी रु.१०० अंकित दरका १९,५३,२७९ कित्ता साधारण शेयरहरु मिति २०८०÷०४÷१८ गतेदेखि मिति २०८०÷०४÷२२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो । उक्त साधारण शेयर निष्काशनमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सम्पुर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट निम्न बमोजिम आवेदन प्राप्त भएको र प्राप्त आवेदनको प्रशोधन गरि सोको बाँडफाँड देहाय बमोजिम गरिएको व्यहोरा अनुरोध छ ।

उक्त निष्काशनको समयमा सि–आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट जम्मा १३,६१,१५४ जना आवेदकहरुबाट जम्मा १,५३,४७,४७० कित्ता शेयर खरिदको लागि आवेदन प्राप्त भएकोमा सो मध्ये सम्बन्धित सि—आश्वा सदस्य बैक तथा वित्तीय संस्थाहरुबाट विभिन्न कारणबाट ७१,८६९ जना आवेदकहरुबाट ११,४७,५८० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रद्द गरे पश्चात बाँकी रहेका जम्मा १२,८९,२८५ जना आवेदकहरुबाट १,४१,९९,८९० कित्ता शेयर खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको व्यहोरा अनुरोध छ ।

साथै, निष्काशन तथा बिक्री प्रबन्धकबाट प्राप्त आवेदनहरु रुजु गर्दा १,१५९ जना आवेदनकबाट १३,४५० कित्ता शेयर खरिदको लागि दोहोरो आवेदन प्राप्त भएको, २८५ जना आवेदकहरुबाट प्राप्त २,९९० कित्ता शेयर स्थानीय बासिन्दाहरुलाई निष्काशन गरेको समयमा शेयर खरिद आवेदन गरेको र बाँडफाँडमा समेत शेयर पर्न सफल भएको तथा ४,२४५ जना आवेदकहरुबाट प्राप्त ६५,६०० कित्ता शेयर बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरिएको समयमा शेयर आवेदन प्राप्त भई बाँडफाँडमा समेत शेयर पर्न सफल भएको आवेदकहरु समेत गरी जम्मा ५,६८९ जना आवेदकहरुबाट जम्मा ८२,०४० कित्ता शेयर खरिदको लागि प्राप्त आवेदनहरु रितपूर्वक नदेखिएको हुँदा उक्त आवेदनहरुलाई रद्द गरी रितपूर्वक प्राप्त जम्मा १२,८३,५९६ जना आवेदकहरुबाट १,४१,१७,८५० कित्ता शेयर खरिदको लागि प्राप्त आवेकहरुलाई गोलाप्रथाको माध्यमबाट १० कित्ता देखि २५,००० कित्ता शेयर आवेदन गर्ने १,९५,३२७ जना सफल आवेदनकर्ता छनौट गरी १० कित्ता शेयरको दरले जम्मा १९,५३,२७० कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको ९ कित्ता शेयर २० कित्तादेखि २५,००० कित्ता शेयर आवेदन गर्ने आवेदकहरु मध्ये शेयर पर्न सफल आवेदकहरुलाई पूनः गोलाप्रथाको माध्यमबाट थप ९ कित्ता शेयर १ कित्ता शेयरका दरले ९ जना आवेदकलाई निष्काशन तथा बिक्री प्रबन्धक, निष्काशनकर्ता कम्पनी, नियमनकारी निकायका प्रतिनिधीहरु र प्रोफेशनल कम्प्युटर सिस्टम प्रा.लि. का प्रतिनिधि लगायत सर्वसाधारण लगानीकर्ताहरुको उपस्थितिमा बाँडफाँड गरिएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

साथै बाँडफाँडको नतिजा यस क्यापिटलको वेवसाईट धधध।लष्अबकष्बअबउष्तब।िअयm वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट संचालित वेवसाईट धधध।ष्उयचभकगति।अमकअ।अयm।लउरmभचयकजबचभ।अमकअ।अयm।लउ बाट हेर्न सकिने व्यहोरा अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

Array