तारकेश्वरको कार्यवाहक नगरप्रमुखमा उपमेयर बुर्लाकोटी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाको कार्यवाहक नगरप्रमुखमा उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले जिम्मेवारी पाउनु भएको छ ।
नगरप्रमुख कृष्ण हरि महर्जन एक साताका लागि भारत भ्रमणमा जानु भएकाले उपप्रमुख बुर्लाकोटीलाई कार्यबाहक नगरप्रमुखको जिम्मेवारी दिनुभएको हो । नगरप्रमुख महर्जनले आइतबार देखि काठमाण्डौं नआइपुगे सम्मका लागि उपप्रमुखलाई कार्यवाहकको अधिकार दिनुभएको तारकेश्वर नगरपालिकाको प्रशासन शाखाकी अधिकृत रचना शर्माले बताउनुभयो ।
नगरप्रमुख महर्जनको भारत भ्रमणका क्रममा व्यवसायीक र राजनैतिक भेटघाट हुनेछ । भ्रमणका क्रममा तारकेश्वर नगरपालिकामा भारतीय लगानी भित्र्याउने बिषयमा भारतका व्यवसायी तथा राजनैतिक व्यक्तित्वहरुसंग समेत छलफल हुने बताइएको छ । नगरप्रमुख महर्जनको भारत भ्रमणका लागि हुने सम्पुर्ण खर्चहरु आफैले व्यहोर्ने बताउनुभएको छ । यस अघि गतबर्ष फोहरमैला र ढल व्यवस्थापन लगायतको बिषयमा जापानमा अबलोकन भ्रमणमा भएको सम्पुर्ण खर्चहरु नगरप्रमुख महर्जन आफैले व्यहोर्नु भएको थियो । तारकेश्वर नगरपालिकाको प्रमुख भए यता महर्जनले पाउनु भएको तलब र भत्ताहरु अपांगता भएका व्यक्ति, बिपन्न र गरिब नागरिकहरुलाई सहयोग गदै आइरहनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array