हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफामा उच्च गिरावट

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं । हिमालयन डिष्टिलरी लिमिटेडको खुद नाफामा उच्च गिरावट आएको छ । कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३७.५४ प्रतिशत घटेको छ ।गत असार मसान्तसम्म कम्पनीले ६६ करोड १ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा ३९ करोड कम हो । कम्पनीले अघिल्लो वर्ष १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको बिक्री आम्दानी घटेसँगै खुद नाफा प्रभावित भएको हो । गत आवमा कम्पनीले ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ बिक्री आम्दानी गरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा २५.४३ प्रतिशत कम हो। अघिल्लो आवमा कम्पनीले ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। नेपाल सरकारले बजेट मार्फत गरेको अन्तः शुल्क वृद्धि, कच्चा पदार्थको लागतमा वृद्धि, ब्याजदर वृद्धि, उच्च प्रतिस्पर्धा लगायत कारणले व्यवसायमा असर गरेको कम्पनीले जनाएको छ।

हाल २ अर्ब ४२ करोड ९५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९२ करोड ३३ लाख रुपैयाँ सञ्चित छ। खुद नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा भारी गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ४२.४४ रुपैयाँले घटेर २७.१७ रुपैयाँमा सीमित भएको छ । यस अवधिमा प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८२.७४ गुणा रहेको छ।

chanakya

प्रतिक्रिया दिनुहोस्

Array