रातो बंगला फाउण्डेसनको प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रमको १९ औं व्याचको दीक्षान्त समारोह सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
4 Min Read
Aa

रबिन थपलिया । रातो बंगला फाउण्डेसनद्धारा सञ्चालीत प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रमको १९ औ व्याचका प्रशिक्षार्थीहरुको दीक्षान्त समारोह सम्पन्न भएको छ ।
ललितपुरको पाटनढोका स्थीत रातो बंगला स्कुलमा एक भव्य समारोहका बिच दीक्षान्त समारोह सम्पन्न भएको छ । प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी १५ जना प्रशिक्षार्थीहरु दीक्षान्त हुनुभएको छ । दीक्षित हुनुहुनेहरुमा आकृति पराजुली, आशीष प्रसाद खरेल, भावना सुवेदी, बन्दना शर्मा, जमुना खडका, कल्पना भैला, लोप्साङ तामाङ, निशा बिष्ट, प्रतिमा भट्टराई, रक्षा गौतम, रीता ढुकुचु, शोभा साउद, श्रीना दाहाल, स्मृता कार्की र सुशिल बोगटी रहनु भएको छ । दीक्षीत हुनुभएका प्रशिक्षार्थी शिक्षकहरुलाई काठमाण्डौं विश्व विद्यालय, स्कुल अफ एजुकेशनका डीन डा. बालचन्द्र लुईटेल र रातो बंगला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले प्रमाणपत्र सहित सम्मान गर्नुभयो ।

May be an image of 13 people and flute
दीक्षान्त समारोहमा रातो बंगला फाउण्डेसनद्धारा सञ्चालीत प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रममा २०२२–२३ व्याचमा सहभागी प्रशिक्षार्थीहरुले कवि कमलमणि दीक्षितद्धारा तोटक छन्दमा रचित पुतली शीर्षकको कविता बाचन गरेर कार्यक्रमको सुभारम्भ गरिएको थियो ।

May be an image of 1 person and text
कार्यक्रममा रातो बंगला फाउण्डेसनका अध्यक्ष डा. शान्ता दीक्षितले प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रमको मुल मर्म भनेको प्रशिक्षार्थी शिक्षकहरुलाई बाल केन्द्रित शिक्षण सिकाई र बाल केन्द्रित वातावरणप्रति जागरुक बनाउनु रहेको बताउनुभयो । उहाँले यस कार्यक्रमले प्रशिक्षार्थीहरु शिक्षकहरुलाई बाल केन्द्रित शिक्षणका लागि सिपयुक्त शिक्षक बनाउने बताउनुभयो ।
डा. दीक्षितले बालवालिकाहरुलाई कितावी शिक्षा मात्र नभएर उनिहरुको मनोभावलाई बुझेर पढनमा अभिप्रेरीत गर्नुपर्ने बताउनुभयो ।

May be an image of 1 person and text
कार्यक्रममा विश्व शिक्षा का नेपाल निर्देशक हेलेन शेर्पाले नेपालको शिक्षा क्षेत्रको उन्नतीका लागि अझै धेरै सुधारको खाँचो रहेको बताँउदै संस्था मार्फत काठमाण्डौं र मकवानपुर लगायतका जिल्लाहरुमा काउन्सीलीङ सेन्टर राखेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

May be an image of 1 person, dais and text
काठमाण्डौं विश्व विद्यालय, स्कुल अफ एजुकेशनका डीन डा. बालचन्द्र लुईटेलले शिक्षा क्षेत्रको सुधारका लागि सरकारले विएडको पढाइलाई व्यवहारीक र समय अनुकुलको सुधार गर्नु जरुरी रहेको बताउनुभयो ।

May be an image of 1 person, dais and text
कार्यक्रममा रातो बंगला फाउण्डेसनका टिम लिड एलिना शुव्वाले रातो बंगला फाउण्डेसनद्धारा सञ्चालीत प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रम हाल सम्म १२ सय स्कुलका १० हजार शिक्षक शिक्षिकाहरुले तालिम लिएको बताँउदै ति विद्यालयमा अध्यनरत १ लाख १० हजार भन्दा बढी विद्यार्थीको शैक्षिक गुणस्तर विकासमा सहयोग पुगेको बताउनुभयो ।
प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रममा सहभागी भएका प्रशिक्षार्थी आशिष प्रसाद खरेल र कल्पना भैलाले प्रशिक्षण पश्चात आफुहरुलाई असल शिक्षक बन्न ठुलो सहयोग पुगेको बताउनुभयो ।
रातो बंगला फाउण्डेसनले सन २००२ देखि प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रम सुरु गरेको हो । यस कार्यक्रम रातो बंगला फाउण्डेसन, काठमाण्डौं विश्व विद्यालय र व्याङ्क रिट्रट कलेज अफ एजुेसन, न्यूयोर्कको बौद्धिक उपज हो । एक बर्ष रातो बंगला फाउडेसनमा तालिम लिएपश्चात ४ महिना काठमाण्डौं विश्वविद्यालयको पाठयभार पूरा गरेपछि शिक्षामा पोष्ट ग्रयाजुयट डिप्लोमा डिग्री प्राप्त हुने यस कार्यक्रमलाई शैक्षिक जनशक्ति विकास केन्द्रले समकक्षता प्रदान गरेको छ ।
रातो बंगला फाउण्डेसनद्धारा सञ्चालीत प्राथमिक शिक्षक प्रशिक्षण कार्यक्रमका प्रशिक्षकहरु जेनी मानन्धर, मुन्नी पाण्डे, सुधा ओझा, प्रतिज्ञा श्रेष्ठ, सुनिता अधिकारी, निभा मानन्धर, साङे शेर्पा र कृष्ण थापा लगायत रहनु भएको फाउण्डेसनले जनाएको छ ।
रातो बंगला फाउण्डेसनकी बन्दा उप्रेतीले सञ्चालन गर्नुभएको कार्यक्रममा रातो बंगला फाउण्डेसनका बोर्ड सदस्यहरु, विभिन्न विद्यालयका प्रधानाध्यापक र शिक्षकहरु, फाउण्डेसनका प्रशासन तथा लेखा अधिकृत हरी प्रसाद पुडासैनी सहित अन्य पाहुनाहरुको उपस्थीति रहेको थियो ।

May be an image of 3 people and text

May be an image of 3 people, dais and text

May be an image of 3 people and text that says 'RATO BANG'

May be an image of 6 people and flute

May be an image of text

dff

प्रतिक्रिया दिनुहोस्

Array