बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा खोज तथा उध्दार कार्यलाई निरन्तरता : नेपाली सेनाले

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३० श्रावण २०८०, मंगलवार
2 Min Read
Aa

काठमाडौं ।  बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उध्दार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरु सम्पादन गरेको छ ।

मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका ४ स्थित कागबेनी बजार ईलाका जलमग्नरलेदोयुक्त भएको हुँदा स्थानीयवासी तथा निजहरुका सामग्रीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । पुलहरु बगाएका स्थानमा काठको अस्थायी पुल निर्माण गरी स्थानीयहरुलाई सहजीकरण गरिनुका साथै पिडित स्थानीयवासीहरुलाई खाद्यान्न तथा बन्दोवस्तीको लागि आवश्यक समन्वय तथा व्यवस्थापन गरिएको छ ।   ।

दोलखा जिल्लामा गएको पहिरो परि बेपत्ता भएका दोलखा जिल्ला, विगु गाउँपालिका ७, तिनपानेका एकजना स्थानीयवासीको शव दुई वटा ढुङ्गाको बीचमा चेपिएर रहेको अवस्थामा फेला पारी प्रहरीलाई बुझाइएको

म्याग्दी जिल्ला, बेनी नगरपालिका ४ र मंगला गाउँपालिका २ को सीमानामा पर्ने बेनी दरवाङ्ग सडक खण्डमा पहिरो गई सडक अवरुद्ध भएको हुँदा अन्य निकायहरुसंग समन्वय गरी पहिरो गएको स्थानमा ग्याविन जालीमा ढुङ्गा भरी तटबन्ध निर्माण गरिएको ।

सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका  ५ स्थित थामे खोलामा पानीको सतह बढ्न गई स्थानीय थामे गाँउमा क्षति पुग्न सक्ने भएको हुँदा स्थानीयवासीको सहयोगमा बाँध निर्माण गरिएको ।सिन्धुपाल्चोक जिल्ला, हेलम्बु गाउँपालिका ६ स्थित नयाँबस्ती टोलमा मेलम्ची खोलामा आएको बाढीका कारण जोखिममा रहेका ६ वटा घरहरुबाट स्थानीयवासी लगायत सरसामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गरिएको ।

बाँके जिल्ला, बैजनाथ गाउँपालिका १, नाङढुंगामा कोहलपुरबाट सुर्खेत जाँदै गरेको भे।१।ज। १०५० नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा घाइते भएका यात्रुहरुलाई उध्दार गरी उपचारको लागि कोहलपुर मेडिकल कलेज पठाइएको । बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरुमा उध्दार कार्यहरु जारी रहेको छ भने आकस्मिक विपद्‍को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array