२२औं आइटिएफ विश्व च्याम्पियनसिपमा चार खेलाडी

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ श्रावण २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं,  नेपालका चार खेलाडीले काजकिस्तानमा हुने २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिपमा चुनौती प्रस्तुत गर्ने भएका छन् । आगामी अगस्ट १८ देखि २७ तारिखसम्म काजकिस्तानको अस्तानामा २२औं आइटिएफ तेक्वान्दो विश्व च्याम्पियनसिप सुरु हुँदै छ । जहाँ नेपाल समान दुई पुरुष र महिला खेलाडीले फाइटतर्पm प्रतिस्पर्धा गर्न लागेका हन्ु । महिला ४७ केजी तौलसमूहमा रुबिका खड्का र ५२ केजीमा सुस्मिता थापाले प्रतिस्पर्धा गर्नेछन् । पुरुषमा भने पुकार केसीले ६४ केजीमुनि र अजय बुढामगरले ६८ केजी तौलसमूहमा नेपालको तर्पmबाट चुनौती प्रस्तुत गर्दैछन् । रुबिकाले यसै महिना भारतमा सम्पन्न दक्षिण एसियाली आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा दुई स्वर्ण पदक जितेकी थिइन् ।

विश्व च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षकमा रूप सिं मोक्तान र टिम अफिसियलमा घमबहादुर थापा र विक्रम बाठामगर छन् । नेपाल आइटिएफ महासंघका निर्वतमान अध्यक्ष एवम् दक्षिण एसियाली आइटिएफ तेक्वान्दो महासंघका उपाध्यक्ष अन्जन धमला नेपाली टोलीको प्रमुख हुन् । एसियाली आइटिएफ महासंघका कार्यकारी सदस्य तथा राष्ट्रिय खेलकुद परिषद्(राखेप) का बोर्ड सदस्यसमेत रहेका धमलाले उक्त विश्व च्याम्पियनसिपमा निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् ।

काजकिस्तानमा हुने विश्व च्याम्पियनसिपमा सहभागी हुन जाने ८ सदस्यीय नेपाली टोलीलाई बुधबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिदाइ गर्नु भएको थियो । सिंहदरबारस्थित मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री श्रेष्ठले पछिल्ला समय नेपाली खेलकुदको विकास भइरहेको उल्लेख गर्दै त्यसमा नेपाली खेलाडीको भूमिका महत्वपूर्ण रहेको बताए । बाइट…. नारायणकाजी श्रेष्ठ, उपप्रधान तथा गृहमन्त्री मन्त्री
सो अवसरमा गृहमन्त्री श्रेष्ठले उच्च मनोबलका साथ खेल्न नेपाली खेलाडीलाई शुभकामना दिँदै सरकारले पनि खेलकुद विकास आवश्यक पर्ने काम खेलाडीहरूकै सल्लाह अनुरूप गर्दै जाने विश्वास व्यक्त गरेृ ।

प्रतिक्रिया दिनुहोस्

Array