क्षितिज नाट्य प्रतिष्ठान झापाद्वारा ‘झापा नाटक घर’ निर्माणको लागि एक ईंटा अभियान सञ्चालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ श्रावण २०८०, बिहीबार
9 Min Read
Aa

काठमाडौं,  । क्षितिज नाट्य प्रतिष्ठान झापाले विर्तामोड नगरीभित्र बहुजाती, बहुभाषी र बहुसांस्कृतिक संग्रालयसहितको झापा नाटक घर निर्माणका लागि सडकदेखि सदनसम्म एक ईंटा अभियान सञ्चालन गरेको छ । आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी अभियानबारे जानकारी गराइएको हो ।
नाट्यकर्मी महासंघ नेपालमा संस्थापक अध्यक्ष विजय विष्पोटले नेपालको इतिहासमा पूर्व राजनीतिमात्रै नभएर साहित्य र संगीतको उर्वर भूमि भएको बताए । उनले क्षितिज नाट्य प्रतिष्ठानले सिंगो संस्कृति र संस्कारको अभियान बोकेर आएको र विग्रिदै गएको, ध्वस्त हुँदै गएको संस्कृति र साहित्यको विम्ब खोज्ने काम गरेको बताए । क्षितिज नाट्य प्रतिष्ठानलाई नाट्यकर्मी महासंघ नेपालको साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।
वेदाचार्य सन्तोष न्यौपानेले स्वस्ति वाचन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । क्षितिज नाट्य प्रतिष्ठानका केन्द्रीय अध्यक्ष माधव कल्पितले झापा जिल्लाको विर्तामोड नगरीभित्र बहुजाती, बहुभाषी र बहुसांस्कृतिक संग्रालयसहितको झापा नाटक घर निर्माण गर्ने कार्यमा विगत चार वर्षदेखि अनवरत रुपले लागि परेका छौं ।
आफूहरुले कोशी प्रदेशका हरेक वस्तीहरुमा अन्याय अत्याचारका विरुद्ध आवाज बुलन्द पारेको उनले बताए । अहिले गत एक हप्ता अघिबाट पवित्र कला मन्दिर निर्माणका लागि सडकदेखि सदनसम्म एक इटा अभियान लिएर हामी उपस्थित भएका छौं ।

प्रेस विज्ञप्ती
२०८०÷०४÷३२
क्षितिज नाट्य प्रतिष्ठान झापा पुर्वी क्षितिजमा उदाएको अर्को क्षितिज हो । मिति २०५८ सालमा तत्कालीन मेची अञ्चल भरिका युवा प्रतिभाहरुको सामुहिक भेलाबाट पाँचथर जिल्लाको नगरि फिदिममा यसको जन्म भएको थियो । हाल यो प्रतिष्ठानका शाखा र उपशाखाहरु प्रदेश नं १ भरि स्थापित छन् । अहिले बाल युवा र बृद्ध गरि ५ सय ८२ जना प्रतिभाहरु यश प्रतिष्ठान भित्र आबद्ध भइ समाज रुपान्तरण को क्षेत्रमा साहित्य कला र रङ्गकर्म मार्फत कृयाशिल रहदै आएका छन् । समाजमा बिध्यमान जातीय विभेद कुरीति कु– संस्कार र अन्धबिश्वास बिरुद्ध गाउँ बस्ती का टोल टोल सम्म पुगेर नाटकीय माध्यमबाट सचेतना प्रदान गर्ने उद्देश्यले यसको स्थापना भएको हो । स्थापना काल देखि नै यश प्रतिष्ठानले गाउँ बस्तीका दुर दराज सम्म पुगेर लागुऔषध न्युनिकरण, महिला हिंसा, मानव बेचबिखन, वन तथा वातावरण संरक्षण लगायतका यावत् बिषयमा समाजमा सचेतना छर्दै आएको छ ।
२०५४ सालमा धरानमा आयोजित पुर्वाञ्चल नाट्य महोत्सव, २०६४ सालमा काठमाडौमा आयोजीत आरोहण राष्ट्रिय नाट्य महोत्सव तथा २०७४ सालमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान काठमाडौं द्वारा इलाममा आयोजीत राष्ट्रिय नाट्य महोत्सव सम्म पुगेर आनो मञ्चन कार्यमार्फत बिशिस्ट स्थान हासिल गर्दै राष्ट्र सामु पहिचान पश्कन सफल भएको कुरा सबैमा सर्ब बिधितै छ ।
पछिल्लो समयमा झापाको बिर्तामोडलाई केन्द्र विन्दु बनाएर प्रदेश नं १ भित्र बसोबास गर्ने सबै जातजाती तथा भाषाभाषीको सामुहिक अपनत्व कायम हुने गरि समुदाय स्तरबाटै एक व्यक्ति एक थान इट्टा देखि १ धुर सम्म भूमि दान सहयोग अभियान कार्यको सुरु गरि बहुजाती बहुभाषि बहु साँस्कृतिक संग्रहालय सहितको झापा नाटक घर को निर्माण गरी ब्यवसायिक रंङ्गमञ्चको सुरुवात गर्दै स्थानिय प्रतिभाहरु ले आफ्नो कला बेचेर बाँच्न सक्ने सम्मको व्यस्थापन गर्न तथा कला र कलाकार को संरक्षण सम्बर्धन गर्ने लक्ष्य बोकेर विगत ४ बर्ष देखि कला मन्दिर को निर्माण कार्यमा हामी क्रियाशिल रहदै आएको छौ ।

हामीले श्रोत साधन र आर्थिक अभावका कारण पनि हाम्रो पुर्वीय संस्कार, संस्कृति, रीतिरिवाज परम्परा र पुर्खाहरुको गौरवसाली इतिहास बचाउन मात्रै हैन पश्चिमेली संस्कृतिबाट हाम्रो पुर्वीय संस्कृतिलाई अक्क्षुण राख्न सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर सबै जातजाति तथा भाषाभाषीको सामुहिक पहिचान झल्काने गरि बहुजातीय साँस्कृतिक संग्रहालय र प्रदेश नं १ कै पहिलो सुबिधा सम्पन्न नाट्य कला मन्दिर निर्माण गर्ने पबित्र महान र ऐतिहासिक लक्ष्य बोकेर हरेक देश भक्त नागरिकहरका घर आँगनमा पुग्दै –१ थान इट्टा मागिरहेका छौ ।
मिति २०७५ साल आषाढ ११ गतेबाट प्रारम्भ गरेको हाम्रो अभियानले सडकमा १५ रुपैयाँको १ थान इट्टा मागेर २ करोडको नाट्य कला मन्दिर निर्माण गरेको छ । त्यो अझै पुर्ण हुन नसकी अधुरो नै छ । यसलाई पुर्णता दिई सञ्चालनमा ल्याउन हामीलाई अहिले ५० लाख रुपैयाँको खाँचो छ ।
यसैको पुर्णताका लागि अहिले हामी राजधानी सम्म १ थान इट्टा माग्दै आइपुगेका छौ । यसै गरि यश प्रतिष्ठानले १ धुर भुमिदान कार्यबाट समुहको नाममा १ सय ४५ धुर यानिकी ७ कठ्ठा ५ धुर जमिन आफ्नै स्वामित्वमा जोड्न सफल भएको छ । जुन जमिन क्षेत्रलाई बिस्तार गरि २०० धुर यानिकी १० कठ्ठा पुर्याउने र सो स्थानमा प्रदेश बाशीकै पहिचान झल्काने गरिको बहुजाती, बहुभाषी, बहुसाँस्कृतिक संग्रहालय बनाउने हामीले लक्ष्य राखेका छौ । जसको प्रारम्भिक लागत अनुमानत् २५ अर्ब रहेको छ ।

हामीले हाम्रा छोराछोरीहरुलाइ शिक्षा त दियौं तर उचित संस्कार दिन सकेनौ । हाम्रा सन्ततिहरु ले आमा बुबा बिर्षिए काका–काकी, दिदी भिनाजु, नन्द आमाजु, देवर–जेठाजु, सानाबा–सानीआमा, ठुलो वा ठुलेमा मीतबा मितेमा सबै नाता गोता सकिएर सम्बन्ध अंकल र आन्टिमा सिमित रहन पुग्यो । यति मात्रै होइन अब आउने हाम्रा छोरा छोरीले गलफ्रेड र ब्वाइ फ्रेड बाहेक अरु कोही नचिन्ने भए । दक्षजन शक्ति दिन दिनै देशबाट पलायान भइरहेको छ । भएकाहरु पनि चामल कहाँबाट आउछ भन्दा बोरा बाट र दूध कहाँबाट आउछ भन्दा पोकाबाट भन्ने अबस्थामा पुगेका छन् । हामी कृषि प्रधान देश नेपालको नारा लगाएर गर्व गरिरहेका छौ तर हाम्रा सन्ततिलाई हलो, जुवा, कुटो, कोदालो, करुवा, फालि, ढोको, डालो, ढिकी, जाँतो, ओदान, अगेनु, मादल, मुर्चुङ्गा, बिनायो बाँसुरी, दौरा सुरुवाल, साडी चोलो, गीता, भागवत, रामायण, स्वस्थानी, चाडक्य लगायतका हाम्रो पुर्खा समाज र राष्ट्रको इतिहास बोकेका यावत् खाले सामाग्रीहरुको पहिचान हामी र हाम्रो समाजबाट बिलय हुदै जानू र यसको संरक्षणमा सम्बन्धित नियायको ध्यान पुग्न नसकेको देखेर नै हामी झापाली कलाकारहरु हाम्रो पहिचान सहितको पुर्वीय संस्कृति बचाउने उदेश्यका साथ साँस्कृतिक सङ्ग्रहालयको निर्माण गर्न लागिरहेका छौं । कमसेकम अन्त भेट्न र देख्न नसकिए पनि सङ्ग्रहालयमा भने भेट्न र देख्न आउने पुस्ताले सकून् भन्ने हाम्रो लक्ष्य रहेको छ ।
सरकार सडकमा बालुवा हालेर तपाईको घर सम्म बाटो र बिजुली बत्ती पुरÞ्याउनुलाई बिकास भन्छ । समुदायभित्र बसोबास गर्ने सबै का मौलिक संस्कृति र पहिचानको संरक्षण गर्नु हरेक नागरिकले आफ्नो कला संस्कृति र पहिचानको प्रतिपादन गर्दै एकले अर्को को अस्थित्व स्विकार्न सक्ने सभ्यताको बिकास गर्नु र हर नागरिकको अन्तर मनमा सदाचार सत्विचार र सत्कर्मको बिकास गरि शब्य शान्त र समुन्नत समाजको परिकल्पना नै सबै भन्दा ठुलो बिकास हो भन्ने हाम्रो ठहर छ । त्यसैले सो समाज निर्माणका लागि एउटा प्रदेश भित्र एउटा सानो समुदायले सडकमा १५ रुपैयाँको एक थान इट्टा मागेर राष्ट्रको पहिचान बचाउन खोजिरहेको अबस्थामा हाम्रो कर्म प्रती सरकार बेखबर छ । हाम्रो प्रस्थावना र अवधारणा लिएर वडा कार्यालयमा गयो नगरमा पठाउछ, नगरमा गयो हामी संग रकम छैन प्रदेश तिर जानू भन्छ । प्रदेशमा गयो यहाँ पनि रकम छैन के तिर जानुहोस् भन्छ । होला भनेर १५ दिन अघिबाट हामी संघिय सरकार लाई हाम्रो अवधारणा र प्रस्थावना पेश गर्न सहयोग गरि हामीलाई हौषला र प्रेरणा प्रदान गरि दिनु हुन आग्रह र अनुरोध गर्न आएको तर यहाँ त झन हामी भुइ मान्छेहरु सरकारको सामु पुग्नै सकेनौं । फलामका ढोकाहरू पारगरेर भित्र छिर्ने हाम्रो सामर्थय रहेन । दुखेसो पोख्ने हामीले न बाटो नै पायौं न सुनिदिने मान्छे नै भेट्यौं । हाम्रा समस्याहरु पस्कनै गाह्रो भए पछि हामीले गरेको काम र आर्थिक श्रोतको अभावमा अधुरै रहेको हाम्रो अभियान आम सञ्चार माध्यम मार्फत नेपाल सरकारका सम्बन्धित निकाय सम्म पुग्न सकोस र संघिय सरकार संग पनि वडा, नगर र प्रदेशकै जस्तो भाषा, कला साहित्य हाम्रो पुर्वीय संस्कार र संस्कृति बचाउ अभियानमा लगानी गर्ने नीति तथा कार्यक्रम नभए वा सो क्षेत्रमा रकम विनियोजन नै नगरीएको भए पनि सरकारले कहि कतैबाट रकम रुपान्तरण गरेर या रकमान्तरण गरेर भए पनि आम नागरिक सरह १५ रुपैयाँको १ थान इट्टा हामीलाई प्रदान गरि हामीले चालेको अभियानमा उल्लेख सहयोग पुर्याउन सकोस भन्ने ठुलो आशा भरोषा र अपेक्षा राखेर हामी तपाईंहरुलाइ हाम्रो सन्देश सम्बन्धित निकाय सम्म पुर्याइ दिनु हुन र हाम्रो अभियानमा तपाईंहरुको तर्फबाट समेत आबश्यक पहल गरि उल्लेख साथ सहयोग पुर्याइ दिनु हुन सादर अनुरोध गर्दछौं ।
माधब कल्पित
(केन्द्रीय अध्यक्ष)
साथै क्षितिज नाट्य प्रतिष्ठान केन्द्रीय परिवार
बिर्तामोड – १ झापा
९८४४६३७५५२

प्रतिक्रिया दिनुहोस्

Array