भ्रष्टाचारको विरोधमा स्रष्टाहरु

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, ।ठूला ठूला भ्रष्टाचारका घटनामा संलग्न मूल दोषीहरुलाई कारबाही गर्न स्रष्टाहरुले आग्रह गरेका छन् । २०८० साउन ३२ गते मानव अधिकार तथा शान्ति समाजद्वारा भ्रष्टाचार विरुद्ध केन्द्रीत रहि काठमाण्डौमा आयोजित शान्ति काव्य प्रवाहको ९२ औँ श्रृंखलामा स्रष्टाहरुले भ्रष्टाचार र दण्डहीनता विरुद्ध आफ्नो रचना प्रस्तुत गरेका थिए । भ्रष्टाचारका केही मामलामा कारबाहीको प्रक्रिया शुरु भएपनि मूल दोषीहरुलाई उन्मुक्ति दिइएकोप्रति स्रष्टाहरुले रोष व्यक्त गरेका थिए ।
शान्ति समाजका सभापति रामकृष्ण बरालको सभापतित्वमा सम्पन्न शान्ति काव्य प्रवाहमा ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, भाग्यशाली अधिकारी, मेनका पोखरेल, रत्ननिधि रेग्मी, त्रिभुवनचन्द्र वाग्ले, रुद्र अधिकारी, जीवन अधिकारी, शान्ति रिसाल, शारदा पराजुली, विजयध्वज थापा, दुर्गाकिरण तिवारी, भुवन शिवाकोटी, कुसुम शर्मा, त्रिपुरा पौडेल, सरला तिमल्सिना, विमला दाहाल, ओमप्रसाद कोइराला, अच्युतप्रसाद पौडेल, रवीन्द्र आशिष शैली, डिल्लीप्रसाद मूलतिहुन, जनार्दन अधिकारी, गगनदीप सर्व, ताराप्रसाद चापागाई, उर्मिला पन्त पाण्डेय, रश्मि रिमाल, निर्मलरमण पराजुली सहित २७ जना स्रष्टाहरुले रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array