बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा उध्दार कार्य जारी : नेपाली सेना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३२ श्रावण २०८०, बिहीबार
1 Min Read
Aa

बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उध्दार कार्यलाई निरन्तरता दिएको छ । यसै क्रममा देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरु सम्पादन गरेको छ ।

 मुस्ताङ्ग जिल्लाको कागखोला नदीमा लेदो सहित आएको बाढीको कारण बारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका(४ स्थित कागबेनी बजारका स्थानीयहरुको घरमा थुप्रिएको लेदो हटाई बस्न योग्य बनाउने प्रयास जारी रहेको छ । उक्त स्थानमा अवरुध्द खानेपानी आपूर्ती सूचारु गर्न ८०० मिटर पाईप जडान गरी बस्तीसम्म पानी ल्याउने कार्य गरिएको छ । विद्युत प्राधिकरणसँगको समन्वयमा विजुलीको पोल गाड्ने काम गर्नुको साथै उपल्लो मुस्ताङ जाने विदेशी तथा स्वदेशी नागरिकहरुलाई सहजिकरण गर्ने कार्य गरिएको छ ।

सिन्धुपाल्चोक जिल्ला, बाह्रविसे नगरपालिका वडा नं। ५ सिरिसेमा पहिरोको कारण जोखिममा परेका वस्तीहरुमा स्थानीय बासिन्दाहरु र उनीहरुका सामानहरुलाई सुरक्षित स्थान तर्फ स्थानान्तरण गर्न सहयोग गर्नुको साथै सडक विभागसँग समन्वय गरी सडक सूचारु गर्न सहयोग पुर्‍याएको छ ।
बाढी पहिरो प्रभावित देशका विभिन्न स्थानहरुमा उध्दार कार्यहरु जारी रहेको छ भने आकस्मिक विपद्‍को सामना गर्न फौजलाई तयारी अवस्थामा राखिएको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array