हवाई समस्या समाधान र पर्यटन विकासका लागि कर्णाली पर्यटन उद्यमी समाजको १० बुँदे माग, हिल्सा नाका खुलाउनेदेखि २५ वर्षसम्म कर छुटको व्यवस्था गर्नुपर्ने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ भाद्र २०८०, शुक्रबार
4 Min Read
Aa

काठमाडौं, कर्णाली पर्यटन उद्यमी समाजले कर्णालीको हवाई समस्या समाधान र पर्यटन विकासका लागि सरकारको ध्यानाकार्षण गराएको छ । आज (शुक्रबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कर्णाली पर्यटन उद्यमी समाजले १० बुँदे माग सार्वजनिक गरेको हो ।
कर्णाली पर्यटन उद्यमी समाजले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै कोरोना महामारीपछि बन्द रहेको हिल्सा नाका खुलाउनसमेत सरकारको ध्यानाकार्षण गराएको छ । हिल्सा नाकाबाट कैलाश मानशरोवर दर्शन गर्न जाने विदेशी पर्यटकलाई हुम्लाको हिल्सा हुँदै जान दिनको लागि चीन सरकारसँग कुटनीतिक पहल गर्नसमेत आग्रह गरिएको छ ।
साथै, कर्णालीका जनतासँग हवाईबाहेक अन्य कुनै विकल्प नभएको अवस्थामा हवाई टिकटमा सरकारले लगाइएको भ्याटका कारण त्यहाँका जनता मारमा परेको विज्ञप्तिमा उल्लेख छ ।
‘कर्णालीका नागरिकहरु जसको हवाईबाहेक अ विकल्प नभएकाले उनीहरु विरामी हुदा, मरेको लास र खाद्यन सामाग्री ढुवानीमा पनि १३ प्रतिशत कर तिर्नुपर्ने बाध्यता तुरुन्त फिर्ता गर्न जरूरी छ,’– विज्ञप्तिमा भनिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कर्णालीलगायत दुर्गम क्षेत्रमा लगायको हवाई प्रतिबन्ध फुकुवा हुनु्मा कर्णाली पर्यटन उद्यमी समाजको योगदान रहेको अध्यक्ष देवीकृष्ण रोकायाले बताए ।
‘कर्णालीका जिल्ला तथा दुर्गम जिल्लाहरुमा हवाई उडान १२ बजेपछि बन्द गरेको अवस्था थियो । जुन नियम पुरानै अवस्थामा फर्काइनु पर्छ भनेर हामीले आन्दोलनको अगुवाई गरेका थियौं । हामीले सरोकारवाला र कर्णालीका राजनीतिक नेतृत्वहरुसँग हामीले छलफल गरेका थियो । यसैको दवाब स्वरुप क्यानले प्रतिबन्ध हटाएको छ,’– उनले भने ।
उनले कर्णालीको पर्यटन विकासका लागि हवाई क्षेत्र सुधारको आवश्यकता औंल्याएका छन् । हवाई टिकटमा भ्याट लगाउँदा नेपालबाट टिकट महँगो हुने भएकाले विदेशी पर्यटकहरुले विदेशबाटै टिकट काटेर आउने कर्णाली पर्यटन उद्यमी समाजको बुझाई छ । जसका कारण नेपालको अर्बौंको व्यापार गुम्ने उनीहरुले बताए ।
कर्णालीका हिमालहरुको पहिचान गरी आरोहण गर्न खुल्ला गरिनुपर्ने उनीहरुको माग छ । उनीहरुले अहिले कायम रहेको समुहमा मात्र ओरोहण गर्न पाउने झन्झटिलो नियम खारेजको माग गरेका छन् । उनीहरुले एक जनामात्रै पर्यटक भएपनि नेपाल गाइड र सहयोगी लिएर आरोहणमा जान दिनुपर्ने बताए ।
कर्णालीको समग्र विकासका लागी रारा पर्यटन विकास प्राधिकरण वा कर्णाली पर्यटन विकास वोर्ड स्थापना गरिनुपर्ने, कर्णाली क्षेत्रमा सेवा दिँदै आएका विमानहरुलाई कर्णालीका जनताको सहुलियतका लागि इन्धनमा विशेष छुट, ल्याडिङ, पार्किङ र करमा सरकारले विशेष छ्ुट दिन आवश्यक रहेको उनीहरुले बताएका छन् ।
राज्यले नेपाल पर्यटन बोर्डको कार्यसमितिमा कर्णालीको प्रतिनिधित्व गराइनुपर्ने, रारा महोत्सव, कर्णाली महोत्सव, र सिन्जा महोत्सव सञ्चालन गरि कर्णालीको पर्यटन प्रवर्द्धनको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा प्रचार प्रसारमा सहयोग पुरÞ्याउन समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने कर्णाली पर्यटन उद्यमी समाजको माग रहेको छ ।
पर्यटनको दीर्घकालीन विकासका लागि कर्णाली प्रदेशमा रहेका राजमार्ग र विमानस्थल सुधार तथा स्तरोन्नतीमा विशेष पहल गर्न पनि उनीहरुले माग गरेका छन् ।
साथै, कर्णालीको पर्यटन क्षेत्रमा लगानी गर्ने व्यक्ति वा संस्थालाई २५ वर्षका लागि कर छुटको व्यवस्था गर्न पनि राज्य समक्ष उनीहरुको माग रहेको छ । कर्णालीमा रहेका पर्यटकीय गन्तव्यहरुलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न आवश्यक रहेको समेत उनीहरुले बताएका छन् ।
कार्यक्रममा कर्णाली पर्यटन उद्यमी समाजका पदाधिकारीहरु जंघ लामा, मनराज सिम्खडा, योङ्गर लामालगायतले कर्णाली क्षेत्रमा हवाई क्षेत्रको सुधार र पर्यटन विकासका बारेमा आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Array