फुटुङको नागपोखरी स्थीत बजरङी फिटनेशले मनायो पहिलो बार्षिकोत्सब,

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १ भाद्र २०८०, शुक्रबार
2 Min Read
Aa

रबिन थपलिया । तारकेश्वर नगरपालिका वडा नं ७ फुटुङ नागपोखरी स्थीत बजरङी फिटनेशले स्थापनाको पहिलो बार्षिकोत्सब मनाएको छ ।

May be an image of 7 people, people smiling, lighting, dais and text
आज बिहान फिनेशको सभाहलमा चलचित्र कलाकार द्धन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधान, तारकेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री सहित बिशिष्ट व्यक्ति र पाहुनहरुको उपस्थीतिमा केक काटेर प्रथम बार्षिकोत्सब मनाइएको हो । बार्षिकोत्सबको अवसरमा राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा ख्याती प्राप्त कलाकार कृष्ण शाहीलाई नगद सहित सम्मान समेत गरिएको थियो ।

May be an image of 8 people, people smiling and text
कार्यक्रममा बोल्दै चलचित्र कलाकार द्धन्द निर्देशक संघका अध्यक्ष नारायण प्रधानले एक बर्षको अवधीमा बजरंग फिटनेशले राम्रो उपलव्धी हाँसील गरेको बताँउदै काठमाण्डौं जिल्ला स्तरीय पहिलो बजरंग फिटनेश कार्यक्रम आयोजना गर्न सुझाब दिनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं ७ का अध्यक्ष सानुकाजी खत्रीले मानिस स्वास्थ्य रहेमा जीवन पनि सुखद तरिकाले जिउन मद्धत पुग्ने बताँउदै बाहिर अनावश्यक रुपमा हुने खर्चलाई जोगाएर फिटनेशमा खर्च गर्न सवैलाई आग्रह गर्नुभयो ।

May be an image of 7 people, people smiling and text
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी तारकेश्वरका अध्यक्ष बसन्त कुमार बस्नेतले मानिसको सम्पत्ती भनेकै स्वास्थ्य रहेको बताँउदै स्वास्थ्यको लागि फिटनेश जरुरी रहेको बताउनुभयो ।

May be an image of 7 people, people smiling and text
कार्यक्रममा साहित्यकार श्रीराम फुटुंगेले समय अनुसार फिटनेश सबैको लागि आवश्यकता बनेको बताँउदै फिटनेशका शुल्कहरु सबैले व्यहोर्न सक्नेखालको सर्वसुलभ हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बजरङग फिटनेशका सञ्चालक पशुपती खडकाले बार्षिकोत्सबको अवसरमा आज एक दिनका लागि फिटनेशको सदस्यता लिनेका लागि १५ हजारमा बार्षिक ग्राहक बन्न्ने अफर रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा फिटनेशका सञ्चालक मच्चाकजी महर्जनको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिभिन्न राजनैतिका पार्टीका प्रतिनिधिहरु र खेलाडीहरु लगायतको उपस्थीति रहेको थियो । कार्यक्रमको सञ्चालन बजरङग फिटनेशका सञ्चालक राम चौहानले गर्नुभएको थियो । एक बर्ष अघि स्थापना भएको बजरङग फिटनेशका सञ्चालकहरु पशुपती खडका, मच्चाकाजी महर्जन र राम चौहान रहनुभएको छ । फिटनेशमा शोनी शर्मा र कुशल थापा प्रशिक्षकको रुपमा कार्यरत रहनुभएको छ ।

May be an image of 8 people, dais and text

May be an image of cake and text

May be an image of 4 people and text

May be an image of 7 people and text

May be an image of 15 people, people smiling and text

May be an image of 9 people and people smiling

gh

प्रतिक्रिया दिनुहोस्

Array