‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हे¥यो भताभुङ्ग र लथालिङ्ग :नेता डा.शेखर कोइराला

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं,  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले देशको अवस्था हेर्दा आँसु आउने र दिक्क लाग्ने बताएका छन् । ‘नत हामी ठिक भयौँ, न काम गर्ने शैली, जता हे¥यो भताभुङ्ग र लथालिङ्ग छ। चित्त बुझाउने कतै केही छैन’ कोइरालाले भने। कोइरालाले देश यतिबेला असाध्यै अप्ठ्यारो अवस्थामा परेको बताए । ‘कुनै पनि काण्ड आउँछ त्यसको अनुसन्धान टुंगोमा नपुग्दै तुहिन्छ, अनि जनतालाई हामीले के जवाफ दिने ?’ कोइरालाले गुनासो पोखे ।

छलफलका क्रममा कोइरालाले नेपाल अन्तर्राष्ट्रिय तस्करीको अखडा बनिसकेकाले अन्तर्राष्ट्रिय समुदाय सामु देशको साख गिरेको बताए । छलफलमा कोइरालाले अब देश बन्दैन भनेर बुद्धिजीवीहरूले आस मारेको भएर पनि यस्तो अवस्था आएको बताए ।

कोइरालाले राजनीतिक दल र सरकारलाई खबरदारी गरिदिन बुद्धिजीवीहरूसँग आग्रह समेत गरे । कार्यक्रममा सहभागीहरुले महंगी, भ्रष्टाचार र दण्डहीनताले सीमा नाघेको, भूराजनीति चौपटमा परेको र सरकारले एकपछि अर्को अलोकप्रिय निर्णयहरू गर्ने गरेकाले कांग्रेस यो सरकारमा बसिरहन नहुने सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्

Array