३१ बर्ष देखि स्वास्थ्य क्षेत्रमा सेवारत मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरकी ओटी इञ्चार्ज थपलिया सम्मानीत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । स्वास्थ्य क्षेत्रमा बिगत ३६ बर्ष देखि अनवरत रुपमा सेवारत रहनु भएकी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरकी अप्रेसन थिएटर इञ्चार्ज दुर्गा थपलिया सम्मानीत हुनुभएको छ ।

May be an image of 6 people and text
थानापति सेवा समाजद्धारा काठमाण्डौंको मनमैजु स्थीत त्रिवेणी व्याङक्वेटमा आयोजित कार्यक्रममा थपलियालाई शनिबार सम्मान गरिएको हो । थपलियाले स्वास्थ्य क्षेत्रका साथै सामाजिक र परोपकारी क्षेत्रमा पनि अग्रसर रहंदै आउनु भएको छ ।
टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द थपलिया, पुर्व संसद राजेन्द्र प्रकाश लोहनी, शिवपुरी ८ थानापतिका वडा अध्यक्ष केशव रिजाल सहितको अतिथिहरुको उपस्थीतिमा थपलिया सम्मानीत हुनुभएको हो ।
सो अवसरमा बालरोग विशेषज्ञ डा. बिनेश थपलिया, ग्रन्डी अस्पतालका फिजिसियन डा. राजिब थपलिया, डा. बिबेश थपलिया, डा. अजित पाठक, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरका कार्यरत स्वास्थ्यकर्मी कलनाथ थपलिया लगायत सम्मानीत भएका छन् ।
त्यस्तै संगितक क्षेत्रका उदयमान युवा गायक सञ्जय पाण्डे, सशस्त्र प्रहरीका पुर्व खेलाडी, कराँतेका राष्ट्रिय र अन्तराष्ट्रिय कोच शेखर थपलिया लगायत बिभिन्न पेशा र व्यवसायमा रहेर योग्दान दिंदै आउनुभएका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

अध्यक्ष होमनाथ थपलियाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संस्थाका कोषाध्यक्ष बद्री खकुरेलले गर्नुभएको थियो ।

May be an image of 7 people, dais and textDr Binesh Thapaliya

May be an image of 7 people and text

Dr Rajiv Thapaliya

May be an image of 6 people and text

Dr Ajit Pathak

May be an image of 4 people and text

May be an image of 15 people and text

May be an image of 9 people, dais and text that says 'ज्येष्ठ केत्रका निवृत्त तथ म्मान र थानापति सेवासमाज w জសក थानापति सेवा समाज ርረር'

प्रतिक्रिया दिनुहोस्

Array