ठूलो खोला हाइड्रोपावर र सिटिजन्स क्यापिटलबीच साधारण सेयर निश्काशन सम्बन्धी सम्झौता

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ३ भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । ठूलो खोला हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । आईपीओ निश्कासनको लागि (आज) आइतबार एक समारोहबीच सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेडबीच खिचापोखरी, काठमाण्डौमा साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावर लिमिटेडका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको आईपीओ सार्वजनिक निष्काशन गर्नेछ । ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array