सुन जस्तो देखिने पहेँलो धातु दुई केजीसहित दुई जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

रसुवा,  गोसाईकुण्ड गाउँपालिका-५ स्याफ्रूवेशीबाट सुन जस्तो देखिने पहेँलो धातु करिब २ केजीसहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ पोखरी बस्ने २४ वर्षीय सुदिप शेर्पा र सोही गाउँपालिका-१ घर भएका ३० वर्षीय फुस्याङबु शेर्पा रहेका छन् ।

प्रहरी चौकी स्याफ्रूवेशीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा टिमुरेबाट स्याफ्रूवेशीतर्फ जाँदै गरेका पैदलयात्री सुदिपलाई बिस्कुट आकारको २ थानमा लुकाई छिपाई ल्याएको उक्त धातुसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनका भिनाजु नाता पर्ने फुस्याङबु शेर्पा समेतको संलग्नता रहेको खुल्न आएपछि सोही गाउँपालिका-२ टिमुरेबाट फुस्याङबु शेर्पालाई समेत प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array