रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदैगरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ जना घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

दाङ, रूकुमबाट दाङको तुलसीपुरतर्फ आउँदैगरेको यात्रुबाहक हाइस गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि ल्याइएका रूकुम पश्चिमका ६० वर्षीय कमारो कामी र सल्यानको दार्मा गाउँपालिका –२ की ३६ वर्षीया ओमपत खत्रीको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार तुलसीपुर अस्पतालमा १६ जना घाइतेको उपचार भइरहेको छ। सोमध्ये तीन जनाको अवस्था गम्भीर छ । लु २ ख ५७३१ नम्बरको यात्रुबाहक फोर्स गाडी कपुरकोट गाउँपालिका –३ आगरखोला नजिकै दिउँसो तीन बजेतिर दुर्घटनामा परेको थियो । दुर्घटनामा सल्यान दार्मा गाउँपालिका २ बस्ने वर्ष ६० को खिर्म खत्री टाउको, हात र खुट्टामा चोट लागेको छ । त्यस्तै, सोही गाउँपालिका बस्ने वर्ष ४१ कि रुपा केसी, रुकुमपश्चिम बस्ने ४० वर्षीया विमलादेवी पुनको टाउकोमा चोट लागेको छ ।

त्यस्तै, सल्यान दार्मा गाउँपालिका २ थानागाउँ बस्ने ५१ वर्षीय टीकाराम केसी, उहाँका छोरा १८ वर्षीय मानबहादुर केसी पनि घाइते हुनुभएको प्रहरीले जनाएको छ । घाइते हुनेमा सोही गाउँपालिकाका ६० वर्षीय रमेश केसी, त्रिवेणी गाउँपालिका ७ का ५० वर्षीया गौमती खड्का, सोही गाउँपालिकाका २६ वर्षीय पुस्कर रसाइली रहनुभएको छ । त्यस्तै, चौरजहारी नगरपालिका १२ का ४६ वर्षीय पलबहादुर खड्का, वडा १४ का १८ वर्षीया माया मगर, १६ वर्षीया निर्मला राना पनि घाइते हुनुभएको छ ।

सोहीअनुसार दार्मा गाउँपालिका ५, सल्यानका १६ वर्षीया रमिता चन्द, रुकुमपश्चिम सानोभेरी गाउँपालिका ११ का २० वर्षीय भुपाल विक, किमटाकुरा बस्ने ३२ वर्षीय इन्द्रबहादुर केसी पनि घाइते हुनुभएको छ । प्रहरीका अनुसार सोही गाउापालिका वडा २ का ३६ वर्षीय खुमबहादुर खत्री, सल्यान दार्मा गाउँपालिका १ का अन्दाजी २३ वर्षीय चालक एकबहादुर चन्द सम्पर्कविहीन रहेका छन् । घाइतेको उद्धार गरी उपचारका लागि अस्पताल पुगाएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

gorkhapatra

प्रतिक्रिया दिनुहोस्

Array