कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई विश्वासको मत प्राप्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ४ भाद्र २०८०, सोमबार
0 Min Read
Aa

विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीको पक्षमा ४७ मत र विपक्षमा ३० मत परेको छ। बैठकमा १६ प्रदेशसभा सदस्य अनुपस्थित रहेका थिए। संविधानको धारा १६८ को उपधारा ४ बमोजिम आज मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन्। प्रदेशसभाको अर्को बैठक यही भदौ ६ गते दिनको ३ बजे बस्ने छ।

प्रतिक्रिया दिनुहोस्

Array