नेपाल प्रहरीका पाँच एसएसपीहरुको सरुवा, काठमाण्डौं प्रहरी प्रमुखमा खत्री

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका पाँच एसएसपीहरुको सरुवा गरेको छ ।
जस अनुसार काठमाण्डौं जिल्लाको प्रहरी प्रमुखमा एसएसपी भुपेन्द्र खत्रीले जिम्मेवारी पाउनु भएको छ । प्रहरी महानिरीक्षकको सचिवालयमा कार्यरत एसएसपी खत्रीले संबेदनशिल क्षेत्रको रुपमा रहेको काठमाण्डौं जिल्ला हाँक्ने जिम्मेवारी पाउनु भएको हो । खत्री नेपाल प्रहरीका अब्बल अधिकृतको रुपमा छबी बनाउन सफल हुनुहुन्छ ।
त्यस्तै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखमा एसएसपी सोमेन्द्र सिंह राठौरले जिम्मेवारी पाउनु भएको छ । राठौंर यस अघि राष्ट्रिय सुरक्षा परिषद सचिवालयमा कार्यरत रहनु भएको थियो ।
त्यस्तै बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा डा. मनोज कुमार केसीको सरुवा भएको छ । केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुखको रुपमा यस अघि कार्यरत हुनुहुन्थ्यो । भुटानी शरणार्थी केशमा अनुसन्धान गरिरहनु भएका केसीलाई निर्देशनालयमा सरुवा गरिएको हो ।
राष्ट्रिय सुरक्षा परिषद सचिवालय सिंहदरवारमा एसएसपी सानुराम भट्टराईलाई सरुवा गरिएको छ । भट्टराई यस अघि महिला, बालबालिका र ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत हुनुहुन्थ्यो ।
त्यस्तै एसएसपी दानबहादुर कार्कीलाई प्रहरी महानिरिक्षकको सचिवालयमा सरुवा गरिएको छ । कार्की यस अघि काठमाण्डौं प्रहरी प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
प्रहरी नियमावलीमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गृहमन्त्रीस्तरीय निर्णयले हुने ब्यबस्था छ ।

प्रतिक्रिया दिनुहोस्

Array