श्रव्यदृश्य आधारभूत तालिम संचालन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा नेपाल प्रहरी प्रधान कार्यालय श्रव्यदृश्य शाखामा पाँचौ  समूहको तालिम संचालन भएको छ ।

सोही शाखाका प्रमुख प्रहरी नायव उपरीक्षक रूपक खड्काले मंगलबार आयोजित कार्यक्रमबीच उक्त तालिमको उद्‍घाटन गर्दै नेपाल प्रहरीका विविध गतिविधिका साथै विभिन्न सचेतनामूलक श्रव्यदृश्य सामग्री निर्माण गर्न तालिममा सिकाईने ज्ञान, सीप, कौशल र प्रयोगात्मक अभ्यास उपयोगी हुने भएकोले अनुशासित भई उत्कृष्ट तरिकाले तालिम हासिल गर्नुपर्ने बताउनुभयो ।

            तालिम संयोजक प्रहरी निरीक्षक कालिका कार्कीले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ३० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी नायव निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक २ जना, प्रहरी हवल्दार १ जना, प्रहरी सहायक हवल्दार ३ जना र प्रहरी जवान १३ गरी जम्मा २० जना प्रशिक्षार्थीहरूको सहभागिता रहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

Array