सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ५ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं,  सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा अर्घाखाँची भुमिकास्थान नगरपालिका-४ घर भई हाल ललितपुर महानगरपालिका-१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।  फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनि रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्विरहरूमा अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी चरित्रहत्या गरेको उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array