धादिङ बस दुर्घटना अपडेट : मृतक आठ जनामध्ये चार जनाको सनाखत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ भाद्र २०८०, बुधबार
1 Min Read
Aa

धादिङ, गजुरी गाउँपालिका(२ चालिसेस्थित सडकमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको प्रदेश ३(०१(००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल त्रिशुली नदीमा खसेर बुधबार बिहान दुर्घटना हुँदा बसमा सवारमध्ये म्याग्दी रघुगंगा गाउँपालिका(३ बस्ने ५० वर्षीय थान बहादुर भण्डारी समेत ८ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये २ जनाको टिचिङ अस्पताल मलेखु र ६ जनाको गजुरी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जनाको टिचिङ अस्पताल मलेखुमा उपचार भइरहेको छ भने अन्य १४ जनालाई थप उपचारको लागि काठमाडौं पठाइएको छ ।
घटनास्थलमा तत्काल जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय धादिङ र ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array