तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्तलाई नगरपालिकामा स्वागत

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ६ भाद्र २०८०, बुधबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्धारा तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी पाउनुभएका दिनेशराज पन्तलाई आज नगरपालिकामा स्वागत गरिएको छ ।

No description available.
नगरपालिकामा आज आयोजित कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याले प्रमुख प्रशासकिय अधिकृत पन्तलाई नगरवासीहरुको हितमा काम गर्नका लागि कलम र डायरी उपहार सहित स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा नगरप्रमुख कृष्ण हरि महर्जनले सुशासन र पारदर्शीता सहित नगरवासीको हितमा जिम्मेवार भएर काम गर्न प्रमुख प्रशासकिय अधिकृत पन्तलाई आग्रह गर्नुभयो । तारकेश्वर नगरपालिकामा आफुले नेतृत्व लिएको छोटो समयमानै नगरपालिकाबाट थुप्रै महत्वपुर्णकामहरु भएको बताँउदै नगरप्रमुख महर्जनले नेपालका ७५३ स्थानीय निकायमध्यमा उत्कृष्ट नगरपालिकाको रुपमा तारकेश्वरलाई चिनाउने गरि काम गर्न प्रमुख प्रशासकिय अधिकृतलाई अनुरोध गर्नुभयो ।
कार्यक्रममा नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले काठमाण्डौंका स्थानीय निकायहरु मध्य तारकेश्वर नगरपालिकाले हाल सम्म उत्कृष्ट कामहरु गरेर जनप्रतिनिधि र कर्मचारीहरुको छबि राम्रो बनाएको बताँउदै आगामी दिनमा पनि अझ उत्कृष्ट हुने गरी काम गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले सुशासन, पारदर्शीता र नगरवासीहरुलाई सरल, चुस्त र प्रभावकारी सेवा प्रवाह उपलव्ध गराउनु आफनो मुख्य उदेश्य रहेको बताँउदै तारकेश्वरको विकासका लागि नगरप्रमुख र जनप्रतिनिधिहरुको स्प्रीट अनुसार सम्पुर्ण कर्मचारीहरुलाई गोलबद्ध र एकताबद्ध गराएर अगाडी बढने बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिका वडा नं २ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण खगगीले तारकेश्वको विकासका लागि जनप्रतिनिधि र कर्मचारीहरु बिच हातेमालो गरेर अगाडी बढनुपर्ने बताउनुभयो ।
कार्यक्रम सञ्चालन गदै तारकेश्वर नगरपालिकाका योजना तथा राजश्व शाखाका प्रमुख सागर अर्यालले तारकेश्वर नगरपालिकामा काम गर्नका लागि पर्याप्त आन्तरीक श्रोत र कर्मचारीहरुको समेत अभाब नभएको बताँउदै कर्मचारी र जनप्रतिनिधिहरु बिच हातेमालो गरेर तारकेश्वरको विकासमा लाग्नुपर्ने बताउनुभयो ।
तारकेश्वर नगरपालिकामा कार्यरत सबै शाखा प्रमुखहरु रिजल्ट वरेन्टेड र फिल्डमा बसेर काम गर्ने रुचाउने जुझारु कर्मचारीहरु रहेको बताँउदै अर्यालले नयाँ जिम्मेवारी सहित नगरपालिकामा आउनुभएको प्रमुख प्रशासकिय अधिकृतले कार्यकाल भरि अविभावकको भुमिका खेलीदिनुहुने विश्वास व्यक्त गर्नुभयो ।
प्रमुख प्रशासकिय अधिकृत पन्तको स्वागतमा आयोजित कार्यक्रममा तारकेश्वर नगरपालिकाका वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, वडा नं २ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण खडगी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ४ का अध्यक्ष नरेन्द्रदास श्रेष्ठ, वडा नं ५ का अध्यक्ष शम्भु फुंयाल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कबिराज बस्नेत, तारकेश्वर नगरपालिकाका पुर्वाधार शाखा प्रमुख ई. पुर्णकाजी महर्जन, शिक्षा शाखाका प्रमुख पदम बहादुर खत्री, पशुसेवा शाखा प्रमुख धनपति राय यादब, महिला तथा बालबालिका विकास शाखा प्रमुख प्रतिमा मिश्र, लेखा शाखा प्रमुख खिलानाथ बास्कोटा, आलेप अधिकृत निर्माला शर्मा,स्वास्थ्य शाखा प्रमुख बिनोद कुमार शाह, सहकारी शाखा प्रमुख तिर्थराज थापामगर, कृषि शाखा प्रमुख मिना थापा, प्रशासन शाखाकी अधिकृत रचना शर्मा पन्थी लगायतका कर्मचारीहरु तथा जनप्रतिनिधिहरुको उपस्थीति रहेको थियो ।

तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत डा. कृष्ण बहादुर घिमिरे २०८० साउन १० गते उमेर हदका कारण अनिवार्य अवकास हुनुभएपछि नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको पद रिक्त रहेको थियो ।
तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा जिम्मेवारी पाउनु भएका पन्तले निजामती सेवामा २० बर्ष सेवा अवधी पुरा गर्नुभएको छ । पन्तले २० बर्ष निजामती सेवा अवधी मध्य स्थानीय विकास मन्त्रालय मातहतका बिभिन्न निकायमा रहेर ११ बर्ष सेवा गर्नुभएको छ । पन्त स्थानीय निकायमा रहेर बिबाद रहित तरिकाले इमान्दारीतापुर्वक काम गर्ने निकै अनुभवी प्रशासकको रुपमा चिनिनुहुन्छ । उहाँले स्थानीय विकास अधिकारीको रुपमा रामेछाप तथा प्रमुख प्रशासकिय अधिकृतको रुपमा नवलपरासी, तनहुंको व्यास, गोर्खाको गोर्खा नगरपालिका, धादिङको निलकष्ठ नगरपालिका लगायतमा काम गरिसक्नु भएको छ ।
तारकेश्वर नगरपालिकामा हाजिर भएलगतै प्रमुख प्रशासकिय अधिकृत पन्तले कर्मचारीहरुलाई २ दिन भित्र बार्षिक क्यालेन्डर तयार गरेर पेश गर्न निर्देशन दिनुभयो । अधिकृत पन्तले शाखागत बजेट अनुसारको कार्यक्रमहरुको कार्यान्वयनका लागि तत्काल कामहरु अगाडी बढाउन निर्देशन समेत दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत पन्तले नगरपालिकाले तत्काल खाताहरु सञ्चालन गरेर गत आवको भुत्तानी गर्न बाँकी रकमहरुलाई क्रमश भुक्तानीको प्रवन्ध गर्नका लागि आवश्यक प्रवन्ध मिलाउन मातहतका शाखाहरुलाई निर्देशन समेत दिनुभयो ।

No description available.

No description available.

gfg

प्रतिक्रिया दिनुहोस्

Array