अध्यक्ष तिमिल्सिनाद्वारा गौरा पर्वको शुभकामना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

अध्यक्ष तिमिल्सिनाद्वारा गौरा पर्वको शुभकामना

काठमाण्डौ , राष्ट्रियसभाका सम्माननीय अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले गौरा पर्व, २०८० को अवसरमा शुभकामना सन्देश दिनुभएको छ । सम्माननीय अध्यक्षज्यूले शुभकामना सन्देश दिदै गौरा पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा लोक परम्परा तथा सांस्कृतिक पर्वहरुले बहुजातीय, बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृतिक विवधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको बताउनुभएको छ ।
हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म विशेषगरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।
गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरु घर फर्कने‚ विवाहिता महिलाहरु माइत जाने‚ गहुँ‚ केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरुको मिश्रणबाट बनेको ‘बिरुडा’ लाई प्रसादको रुपमा ग्रहण गरी देउडा‚ धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ ।
सम्माननीय अध्यक्षज्यूले यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚ विश्वास र सद्भावलाई प्रगाढ बनाउनुका साथै विविध जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरु बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्वपूर्ण भूमिका खेलिरहेको छ भन्न्ुभएको छ । ‘लोक परम्परा तथा सांस्कृतिक पर्वहरुले बहुजातीय, बहुधार्मिक, बहुभाषिय र बहुसांस्कृतिक विवधता भएको हाम्रो जस्तो विविधतायुक्त समाजमा सामाजिक र सांस्कृतिक ऐक्यबद्धता र सहिष्णुता अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ पार्न सहयोग पु¥याउँदै आएको छ’ शुभकामना सन्देशमा भनिएको ‘हरेक, भूगोल, जातजातिका मौलिक संस्कृतिहरुको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्वास‚ विभेद‚ विकृति एवं विसंगतिहरुलाई अन्त्य गरी सभ्य‚ सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

Array