नेपाल प्रहरीको पाँच इन्सपेक्टरको सरुवा, प्रहरी प्रभाग नयाँ बसपार्कमा गुरुङ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa
This combo image shows the logos of Nepal Police (left) and Armed Police Force of Nepal. Image: THT

रबिन थपलिया । काठमाडौं । । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका पाँच जना प्रहरी निरीक्षकहरुको काज सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बुधबार गरेको सरुवा सुचि अनुसार काठमाण्डौंका आर्कषक मानिएका स्थान मध्य प्रहरी प्रभाग नयाँ बसपार्कमा इन्सपेक्टर दिनेश गुरुङले जिम्मेवारी पाउनुभएको छ । जुझारु र कर्तव्य निष्ट प्रहरीको रुपमा छबि बनाउनुभएका इन्सपेक्टर गुरुङ त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा कार्यरत हुनुहुन्थ्यो ।
त्यस्तै प्रहरी प्रभाग काँडाघारीको प्रमुखमा इन्स्पेक्टर श्याम कुमार कटवाल सरुवा भएको छ । उहाँ केन्द्रिय कारागार सुरक्षामा हुनुहुन्थ्यो ।
त्यस्तै ललितपुरको इमाडोल प्रहरी प्रभागमा उदय शम्सेर जबराको काज सरुवा भएको छ भने ईलाका प्रहरी कार्यालय फापरबारीमा हेटौंडास्थित रातोमाटे गणमा कार्यरत इन्स्पेक्टर नारायण थापालाई सरुवा गरिएको छ ।
त्यस्तै हेटौंडाको ईलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरमा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत इन्स्पेक्टर दिनेशबहादुर कुँवरको सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

received_10602142451429211692825418.jpeg

प्रतिक्रिया दिनुहोस्

Array