काठमाण्डौंबाट तिर्थालु बोकेर महोत्तरी जाँदै गरेको बस बाराको चुरीयामा दुर्घटना ७ जनाको मृत्यु, १९ घाइते

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । । काठमाडौंबाट महोत्तरीतर्फ जाँदै गरेको तीर्थालु बोकेको केहिबेर अघि बाराको चुरियामाईमा दुर्घटना हुंदा ७ जना यात्रुको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।


मधेस प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस सडकबाट ५० मिटर तल पल्टिँदा एक जना नेपाली सहित छ जना भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुने एक नेपालीमा महोत्तरी जिल्ला लोहारपट्टीका विजय पण्डित रहेका छन् । इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीका अनुसार मृत्यु हुने भारतीय नागरिकहरुमा राजस्थानका श्रीकान्त चतुर्वेदी, बहादुर सिंह, सत्यवती, मीरा देवी, राजेन्द्र चतुर्वेदी र वैजनती देवी छन् । उनीहरू ६० वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको उनले बताए ।
जनकपुर–७ का जिलामी खानसहित उनका सहयोगी सहचालक अन्य २ जना गरी ३ जनालाई प्रहरीले जनकपुरबाट घाइते भएको अवस्थामा नियन्त्रणमा लिएको छ । बिहीबार बिहान २ बजे बस दुर्घटना भएको हो । घाइतेहरूको हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको सिमरा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए । तीव्र गतिमा रहेको बसका चालक निदाएकोले दुर्घटना हुन सक्ने अनुमान गरिएको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ । घटनास्थलबाट चालकको मोबाइल बरामद भएपछि अरू विवरण भेटिएको प्रहरीले जनाएको छ । बसमा चालक दलका ३ जनासहित २७ यात्रु बसमा थिए । उक्त बस चुरियामाई मन्दिरबाट सय मिटर दक्षिण तर्फको खोलामा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array