गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा गौरा पर्वको शुभकामना : शेरबहादुर देउवा

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, गौरा पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा नेपाली कांग्रेस र मेरो व्यक्तिगत तर्फबाट सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । विविधताले भरिएको हाम्रो समाजमा गर्व गर्न लायक धार्मिक सांस्कृतिक रीतिरिवाज र परम्परा छन् । जस मध्ये गौरा पर्वले जनजिवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको छ । विशेष गरी सुदूरपश्चिममा मनाईने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पु¥याएको छ । यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्दै पुनः शुभकामना दिन चाहन्छु ।

प्रतिक्रिया दिनुहोस्

Array