इन्जिनियरिङमा शुल्क वृद्धि खारेज नभए कडा आन्दोलन्ः संयुक्त विद्यार्थी संगठन

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ७ भाद्र २०८०, बिहीबार
2 Min Read
Aa

काठमाडौं । समाजवादी मोर्चा अन्तरगतको संयुक्त विद्यार्थी संगठनले इन्जिनियरिङको स्नातक तहमा भएको शुल्क वृद्धि खारेज नगरे कडा आन्दोलनको चेतावनी दिएका छन् । बिहिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरेर इन्जिनियरिङ अध्ययन संस्थान(आइएओई)लाई शुक्रबार बेलुकासम्मको अल्टीमेटम दिएका हुन् ।
विभिन्न चार विद्यार्थी संगठनले इन्जिनियरिङको स्नातक तहमा नियमित तर्फ शुल्क ३५ हजार बाट बढाएर ८२ हजार र पूर्ण शुल्क तर्फ ३ लाख ३० हजार बाट बढाएर ७ लाख ७५ हजार पुरÞ्याइएको प्रति संयुक्त विद्यार्थी संगठनले आपत्ति जनाएका हुन् । पत्रकार सम्मेलनमा सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन (अनेरास्ववियु क्रान्तिकारी)का अध्यक्ष पन्चा सिंहले वार्ताको मन्चन गरेर भ्रममा नपार्न चेतावनी दिइन् । उनले विभिन्न कलेजहरुमा भइरहेको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको समेत जनाइन् ।
‘वार्ताको मन्चन गरेर आन्दोलन तुहाउने दुष्प्रयत्न गरिन्छ भने यो वार्ता खारेज गरिन्छ र चारवटा विद्यार्थी संगठनको तर्फबाट निशर्त ढंगले त्यो शुल्क वृद्धि खारेज नगरेसम्म हामी वार्ताको प्रक्रियामा नजाने कुरा पनि म यो पत्रकार सम्मेलनमार्फत जानकारी गराउन चाहान्छु । ’ उनले भनिन् । सत्तारुढ दल नेकपा(एस) निकट अनेराश्ववियुका अध्यक्ष सुदेश पराजुलीले आफ्नै पार्टीहरु सत्ताको नेतृत्वमा रहे पनि गलत विषयमा खरो उत्रने बताए । शुल्क वृद्धि तत्काल खारेज नभए आइएओई प्रमुखलाई गल्हत्याएर सडकमा ल्याउने चेतावनी दिए ।
जनता समाजवादी निकट समाजवादी विद्यार्थी युनियन नेपालका अध्यक्ष रमेश यादबले संविधानले शिक्षा निशुल्क भनेपनि शैक्षिक माफियाको अगाडी सबै निरिह हुनु दूर्भाग्य भएको बताए ।
नेकपा(विप्लव) निकट अखिल (क्रान्तिकारी)का महासचिव नरेन्द्र विश्वकर्माले दलाल र माफियाहरुको चंगुलमा रहेको नेपाली शिक्षा क्षेत्रलाई नागरिकको पहुँचमा पुर्याउन जुनसुकै हदमा जाना तयार रहेको धारणा राखे ।
‘नेपालको इन्जिनियरिङ शिक्षाको केन्द्रको रुपमा परिचित र आधारभुत रुपमा जनताको पहुँचमा रहेको इन्जिनियरिङ्ग अध्ययन संस्थानले आंगिक क्याम्पसहरुमा दोब्बरभन्दा बढी शुल्क अकस्मात बढाउनुले आर्थिक रुपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई इन्जिनियरिङ्ग शिक्षाबाट बञ्चित गराउने निश्चित छ । इन्जिनियरिङ अध्ययन संस्थानको यो रबैयाको हामी घोर भत्र्सना गर्दछौं ।’ संयुक्त विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array