ड्यूटीमा खटिएका प्रहरी निरीक्षकलाई बन्चरो प्रहार गरेको अभियोगमा तीन जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

झापा, शिवसताक्षी नगरपालिका(९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा ३ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका(९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।
उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे।४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाई छिपाई ल्याएको बन्चरो अचानक प्रहार गर्दा घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।
साथै मोटरसाइकलमा चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array