बाढी तथा पहिरोबाट प्रभावित देशका विभिन्न स्थानमा उध्दार : नेपाली सेना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ८ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं , बाढी तथा पहिरोबाट प्रभावित देशका विभिन्न स्थानमा परिचालित फौजले निम्न कार्यहरु सम्पादन गरेको छ । दोलखा जिल्ला, भिमेश्वर नगरपालिका ३, पशुपति डाँडामा गएको पहिरोका कारण केही घरहरु जोखिममा परको हुँदा पहिरो पन्छाइ सम्भाव्य जोखिमलाई न्यूनीकरण गरिएको छ । सोलुखुम्बु जिल्ला, खुम्बु पासाङ्गल्हामु गाउँपालिका ३ स्थित जोरसल्ले खहरे खोलामा पानीको सतह बढेका कारण जोरसल्ले बस्तीमा पर्न सक्ने असरलाई मध्यनजर गरि स्थानीयवासीको  सहयोगमा प्रभावित क्षेत्रमा बाँध निर्माण गरिएको छ । काठमाडौं जिल्ला, गोकर्णेश्वर नगरपालिका ४ जगडोलस्थित जगडोल पार्कमा खसेको पहिरो पन्छाउने कार्य गरिएको छ । काभ्रेपलाञ्चोक जिल्ला, पनौती नगरपालिका ७ स्थित गोरखनाथ मन्दिर नजिक पहिरो गई जोखिम बढेको हुँदा पहिरो हटाई जोखिमलाई न्यूनीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array