अवैध लागूऔषधसहित दुई जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ९ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं,   सुर्खेत, भेरीगंगा नगरपालिका-५ स्थितबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ११ ग्राम ७ सय ७० मिलिग्रामसहित जुम्ला चन्दननाथ नगरपालिका-५ बस्ने २८ वर्षीय युवराज अधिकारीलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरोबाट समेत खटिएको संयुक्त टोलीले क.प्र.०२००१ ख ०१०२ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।  झापा, भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १३ मिलिग्रामसहित सोही नगरपालिका-६ भानुनगर बस्ने २८ वर्षीय आकाश भुजेललाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरीले मे.६ प २६७५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक भुजेललाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।   दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array