खोज तथा उद्धार कार्यमा नेपाली सेना

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । देशका विभिन्न स्थानमा परिचालित नेपाली सेनाले निम्न बमोजिम खोज, उद्धार तथा आगलागी नियन्त्रण कार्य गरेको छ ।काठमाडौं महानगरपालिका, वडा नं. २४, याखास्थित स्थानीयवासीको खाद्यान्न गोदाममा सर्ट सर्किट भई भएको आगलागी अन्य सुरक्षा निकायहरु तथा स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको   छ । काभ्रेपलाञ्चोक जिल्ला, पनौती न.पा. ७ स्थित गोरखनाथ मन्दिर नजिक रहेको स्थानीयवासीको घर र गोठ पहिरोबाट क्षति भएको हुँदा घर भित्र रहेको सम्पूर्ण भाडाँवर्तन, लत्ता कपडा तथा खाद्य सामग्रीहरुलाई सुरक्षित स्थानान्तरण गरेको छ ।

काभ्रेपलाञ्चोक जिल्ला, पनौती न.पा. १२ कलातीस्थित स्थानीयवासीको घर माथिबाट पहिरो आई घरमा क्षति भएको हुँदा घर भित्र रहेको सम्पूर्ण भाडाँवर्तन, लत्ता कपडा तथा खाद्य  सामग्रीहरुलाई सुरक्षित स्थानान्तरण गरेको छ । जुम्ला जिल्ला, चन्दननाथ न.पा. वडा नं. ४ भारतिवाडास्थित स्थानीयवासीको घर भत्किदा सडक अवरुद्ध भएको हुँदा भत्केको घरको ढुङ्गा, माटो र काठ पन्छाई सडक सुचारु गराएको छ  सप्तरी जिल्ला, बलान बिहुल गाउँपालिका वडा नं. ४ स्थित बलान खोलाले तटबन्ध भत्काई खेतबारी डुवानमा परेको र बाढी गाउँ बस्तीमा प्रवेश गरेको हुँदा  जोखिममा परेका बस्तीको पहिचान गरी बाँध बाध्न सहयोग      गरेको छ ।

भक्तपुर जिल्ला, सूर्यविनायक न.पा. ८ गुण्डुमा पहिरो गई घट्टे खोला थुनिएको हुँदा पहिरो हटाउने कार्य गरेको    छ ।

प्रतिक्रिया दिनुहोस्

Array