आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिक साधारणसभा सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं, आसरा सुधार केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको अध्यक्षतामा आसरा सुधार केन्द्र रानीबारीको २५औं वार्षिक साधारणसभा सोही केन्द्रमा आइतबार आयोजित कार्यक्रमबीच सम्पन्न भएको छ । सो अवसरमा केन्द्रकी अध्यक्ष कुँवरले सीमित स्रोत र साधनका बाबजुद विभिन्न उपचारात्मक विधि अपनाई विगत २६ वर्षदेखि हालसम्म ५ हजार ८ सय ७८ जना लागूऔषध प्रयोगकर्ताहरूलाई समाजमा पुनर्स्थापना गराउने कार्यमा केन्द्रले योगदान पुर्‍याएको बताउनुभयो । लागूऔषध सम्बन्धि विभिन्न जनचेतनामूलक कार्यक्रमहरूलाई अझ प्रभावकारी रूपमा सञ्चालन गर्दै सेवालाई अझ बढी गुणस्तरीय बनाउन केन्द्र कटिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।
उक्त केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले वार्षिक कार्य प्रतिवेदन प्रस्तुत गर्नुभएको सो कार्यक्रममा केन्द्रकी कोषाध्यक्ष श्रीमती नबिना कार्कीले आर्थिक वर्ष २०७९र०८० को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, आसरा सुधार केन्द्रका कार्यकारिणी समितिका पदाधिकारीहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, केन्द्रका सल्लाहकारहरू लगायत प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array