अवैध लागूऔषधसहित चार जना पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०८०, आईतवार
1 Min Read
Aa

काठमाडौं । बारा, निजगढ नगरपालिका ११ रतनपुरबाट अवैध लागूऔषध गाँजा करिब २ केजी ५ सय ग्रामसहित भारत बिहार मुज्जफरपुर थाना देवरिया कोठी घर भएका सर्लाही बरहथवा नगरपालिका ६ हिरापुर ब्यारेज बस्ने ६५ वर्षीय श्रीकान्त पाण्डेलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट रतनपुरबाट खटिएको प्रहरीले रतनपुरबाट निजगढतर्फ पैदल आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित पक्राउ गरेको हो । कैलाली, टिकापुर नगरपालिका १ खडकचोकबाट अवैध लागूऔषध ब्राउनसुगर ६ ग्राम ६ सय ७० मिलीग्रामसहित बर्दगोरीया गाउँपालिका १ उत्तरमुडा बस्ने २५ वर्षीय योगेश बहादुर स्वारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले टिकापुरबाट लम्कीतर्फ पैदल जाँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
महोत्तरी, बर्दिबास नगरपालिक १० खयरमारास्थित झुलुङगे पुल नजिकबाट अवैध लागूऔषध गाँजा करिब १० केजीसहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बर्दिबास नगरपालिका १० बस्ने २८ वर्षीय सुरेन्द्र राय यादब र ३८ वर्षीय अमर सिंह लोप्चन रहेका छन् । प्रहरी चौकी खयरमाराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।  सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Array