तारकेश्वर १० स्थीत सन्देशशील महिला समुहको पहिलो बार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रम सम्पन्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १० भाद्र २०८०, आईतवार
3 Min Read
Aa

काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं १० शिवनगर स्थीत सन्देशशिल महिला समुहले पहिलो बार्षिक साधारण सभा तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं १० स्थीत त्रिवेणी ब्याङक्वेटमा संस्थाकी अध्यक्ष भगवती खतिवडाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई, विशिष्ट अतिथी लालिगुराँस स्कुलका प्रिन्सीपल गोपाल बुढाथोकी, तारकेश्वर नगरपालिकाका कार्यपालिका सदस्य शान्ता थपलिया, वडा नं १० का वडा सदस्यहरु बाबुराम पौडेल, बिक्रम महर्जन, रत्नमायाँ परियार, शिवनगर टोल सुधार समितिका अध्यष एवं योग प्रशिक्षक ऋषि लोहनी, समाजसेवी श्री घले, महिला उद्यमी सरस्वती अधिकारी, लगायतको उपस्थीति रहेको थियो ।

May be an image of 4 people, violin, flute, dais and text
कार्यक्रममा बोल्दै तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले स्थापना भएको एक बर्षमानै संस्थाले राम्रो प्रगति गरेको बताँउदै संस्थागत विकासका लागि वडा कार्यालयले सक्ने सहयोग गर्ने बताउनुभयो ।
महिलाहरुलाई स्वाभलम्भी र उद्यमी बन्न नबने सम्म नगरको विकासले गति नलिने बताँउदै नगरपालिकाले समेत महिलाहरुलाई उद्यमी बनाउनका लागि बिभिन्न कार्यक्रमहरु समेत ल्याएको बताउनुभयो ।

May be an image of 5 people, dais, temple and text
कार्यक्रममा लालिगुराँस स्कुलका प्रिन्सीपल गोपाला बुढाथोकीले समुदायको विकासमा महिलाहरुको भुमिका धेरै महत्वपुर्ण हुने बताँउदै महिला समुहका लागि विद्यालयबाट हुन सक्ने हर किसिमको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा शिवनगर टोल सुधार समितिका अध्यक्ष एवं योग प्रशिक्षक ऋषि लोहनीले मानिसका निम्ती स्वास्थ्य नै महत्वपुर्ण धन रहेको बताँउदै स्वस्थ्य पुर्वक जीवन यापनका निम्ती योग र ध्यान साधना गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा समाजसेवी श्री घलेले महिला समुहको पहिलो बार्षिक साधारण सभाको अवसरमा सुभकामना व्यक्त गदै समुहका निम्ती आफुले सदैब सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

May be an image of 11 people and flute
कार्यक्रममा महिला उद्यमी सरस्वती अधिकारीले महिलाहरु आफै आर्थिक रुपले सक्षम नभए सम्म घरपरिवारमा इज्जत र सम्मान नपाउने बताँउदै उद्यमशील बन्नका जोस र जाँगर बटुल्न आग्रह गर्नुभयो ।
कार्यक्रममा संस्थाकी कोषाध्यक्ष अञ्जना अधिकारीले समुहमा आबद्ध ५२ जना महिलाहरु मासिक रु १ हजारको दरले रकम उठाउने गरिएको बताँउदै संस्थामा हाल सम्म ७ लाख भन्दा बढी रकम संकलन भएको बताउनुभयो ।

May be an image of 5 people, dais and textMay be an image of 2 people, dais and text

कार्यक्रममा संस्थाकी सल्लाहकार तारकेश्वर नगरपालिकाकी कार्यपालीका सदस्य शान्ता थपलियाले उपस्थीत अतिथि लगायत संस्थाका सदस्यहरुलाई स्वागत गर्नुभएको थियो ।

May be an image of 3 people, temple and dais
संस्थाकी सहसचिब जमुना घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा साधारण सभा पछि तिज विशेष कार्यक्रम आयोजना गरिएको थियो । तिज बिशेष कार्यक्रममा दिनभर संस्थामा आवद्ध महिलाहरुले नाँचजान गरेर समाइलो गर्नुभएको थियो ।

May be an image of 18 people, temple and text

May be an image of 6 people

May be an image of 5 people

fgfg

प्रतिक्रिया दिनुहोस्

Array