आइएसएफ यु १५ जिम्न्यासाइडमा नेपाललाई उत्कृष्ट राष्ट्रको सम्मान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं, अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघ (आइएसएफ) को आयोजनामा यहि भदौ ३ देखि १० गतेसम्म ब्राजिलको रियो डि जेनेरोमा सञ्चालन भएको आइएसएफ यु–१५ जिम्न्यासाइडमा नेपाललाई उत्कृष्ट मध्येको एक टोलीबाट सम्मानित गरिएको छ।
विश्वभरबाट सहभागि ४४ राष्ट्रमध्येबाट १७ राष्ट्रलाई उक्त सम्मान दिइएको थियो। आइएसएफका अध्यक्ष फ्रान्सका लाउरेन्ट पेट्रान्काले एक समारोहका विच नेपाली टोलीका प्रमुख मोहन कुमार कार्कीलाई उत्कृष्ट राष्ट्रको टक्मा प्रदान गरेका थिए।
सो अवसरमा टोली प्रमुख कार्कीले सम्मान नेपालको लागि निकै महत्वपूर्ण भएको बताए।
उनले भने – “नेपाल आइएसएफको हरेक अभियानको एक हिस्सा बन्दै आएको छ। नेपालआइएसएफका हरेक गतिविधिहरुमा नियमित सहभागी हुंदै आएको छ। यु– १५ जिम्न्यासाइड पनि त्यसको निरन्तरता हो। यसले हामीलाई उर्जा थपेको छ। “
प्रतियोगितामा नेपालबाट ५ खेलका १९ खेलाडीहरुले भाग लिएका थिए। जसबाट नेपाललेतेक्वान्दोबाट १ स्वर्ण र बक्सिङबाट २ काश्य गरी कुल ३ पदक जित्न सफल भएको थियो।
नेपालबाट कुल ३२ सदस्यिय टोलीले प्रतियोगितामा भाग लिएको थियो।त्यसमा बक्सिङका एक र तेक्वान्दोका दुई गरी तीन जनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की आइएसएफका केन्द्रिय कार्यकारिणी समितिका सदस्य हुन्। उनले प्रतियोगितामा तेक्वान्दो खेलब्यवस्थापनको सम्पुर्ण जिम्मेवारी सम्हालेका थिए।

प्रतिक्रिया दिनुहोस्

Array