बागमती प्रदेश सरकारले सहुलियतपूर्ण ऋण लगानी गर्न विनियोजन गर्दै आएको बजेटमा कटौती

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

बागमती, बागमती प्रदेश सरकारले उत्पादन र रोजगारीको सिर्जना गरी सहुलियतपूर्ण ऋण लगानी गर्न विनियोजन गर्दै आएको बजेटमा कटौती गरेको छ । सहुलियतपूर्ण ऋण लगानी प्रभावकारी नभएको भन्दै प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०-०८१ को बजेटमा वित्तीय व्यवस्थापनतर्फ सहुलियतपूर्ण ऋण लगानीको बजेट कटौती गरेको हो ।

आव २०७७-०७८ देखि प्रदेश सरकारले सहुलियतपूर्ण ऋण लगानी कार्यविधि बनाएर कृषि, उद्योग, व्यापार व्यवसायका लागि ऋण लगानी गर्दै आएको छ । पहिलो पटक आव २०७७÷०७८ मा सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउन तीन अर्ब रुपियाँको कोषको लागि बजेट व्यवस्था गरिएको थियो ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयले कृषि विकास बैङ्क लिमिटेड र साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडसँग ऋण लगानीसम्बन्धी सम्झौता गरी बैङ्क तथा लघुवित्त वित्तीय संस्थालाई कोषबाट निकासा गर्ने र ती संस्थाले ऋण लगानी गर्ने गर्दै आएका छन् ।

आव २०७८-०७९ र आव २०७९-०८० मा न्यून आय भएका परिवारलाई लक्षित गरी कार्यक्रमको निरन्तरताको लागि भन्दै दुई–दुई अर्ब रुपियाँ विनियोजन गरिएको थियो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सहुलियतपूर्ण ऋण लगानी कार्यक्रमले सामान्य नागरिक र किसान लाभान्वित नभएको र पहुँचवालाहरूले ऋण लगेको भन्दै बजेट आउन पूर्व सार्वजनिक कार्यक्रममा उक्त कार्यक्रम हटाउने बताउँदै आउनुभएको थियो ।

तर आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा तामाङले कार्यक्रमलाई कृषि उत्पादन र उद्यमशीलता विकासमा केन्द्रित गरिने भन्दै गत असार १ गते ल्याउनुभएको बजेटमा घटाएर ५० करोड रुपियाँ कोषको लागि बजेट विनियोजन गर्नुभएको थियो ।

Gorkhapatra

मन्त्री तामाङले चालु आवमा बजेटमा कार्यक्रम सञ्चालन विधिमा परिमार्जन गरी थप प्रभावकारी बनाइने उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array