कमला र सहायक नदीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa
काठमाडौं,  कमला र सहायक नदीको तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह, यी जिल्लामा बाढीको जोखिम आगामी ३ दिन कोशी,नारायणी,कर्णाली,महाकाली,कन्काई,बाग्मती, पूर्वी राप्ती,पश्चिम राप्ती,बबई र यसका सहायक नदीमा जलसतह घट्दो हुने, बाढीको जोखिम न्यून रहेको छ। आज कमला र यसका सहायक नदीमा जलसतह सतर्कता आसपासनै हुने भएकाले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन जल तथा मौसम बिज्ञान बिभागको बाढी पुर्वानुमान महाशाखाले जनाएको छ। आज ईलाम, झापा , पाचथर् , ताप्लेजुङ् , सखुवासभा , खोटाङ , ओखलढुङा, सोलुखुम्बु , उदयपुर ,सिन्धुली , दोलखा, सिन्धुपाल्चोक , रामेछाप , मकवानपुर , काभ्रेपलान्चोक, गोर्खा , लम्जुङ , कास्की , पर्वत , बाग्लुङ , स्याङ्जा, पाल्पा , रुकुम पश्चिम , जाजरकोट , दैलेख , कालिकोट , अछाम , बाजुरा , बझाङ , बैतडी , दार्चुला र आसपास भई बग्ने साना नदीहरुमा पानीको बहाब बढ्न सक्ने हुनाले तटिय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
RC

प्रतिक्रिया दिनुहोस्

Array