MINUSCA मा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०८०, सोमबार
1 Min Read
Aa

काठमाडौं, सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फाका ७१ जना शान्ति सैनिकहरु मिति २०८० भाद्र ११ गते United Nations Multidimensional Integrated Stabilization Mission in the Central African Republic (MINUSCA) का लागि प्रस्थान गरेका छन् । प्रमुख सेनानी अशोक कुमार मल्लको नेतृत्वमा रहेका उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा ऋभलतचब िबचष्अबल च्भउगदष्अि मा तैनाथ उक्त मिशनमा सहभागी हुन प्रस्थान गरेका हुन् । यसअघि भाद्र १० गते सोही मिशनमा सहभागी श्री सैनिक प्रहरी युनिट ९शान्ति सेना० आठौं डफ्फाका ७१ जना सैनिकहरु प्रमुख सेनानी भगत तामाङ्गको नेतृत्वमा स्वदेश फिर्ता भएका थिए ।

२। हाल विभिन्‍न १३ मिशनहरुमा ६०७० जना शान्ति सैनिकहरु सहित नेपाल संयुक्त राष्ट्रसंघलाई फौज उपलव्ध गराउने सदस्य राष्ट्रहरुमध्ये शीर्ष दोस्रो स्थानमा रहेको छ । यस्तै, नेपालबाट ५६४ महिलाहरु शान्ति सैनिकका रुपमा खटिएका छन्, जुन महिलाहरुतर्फ शान्ति सेनामा संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरुमध्ये सबैभन्दा ठूलो सहभागिता हो ।

प्रतिक्रिया दिनुहोस्

Array