तारकेश्वर नगरपालिकामा एक रोपनी सम्मको जग्गाको प्लट मिलान तथा किताकाँट सिफारीस वडा कार्यालयबाटै हुने

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०८०, सोमबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिका क्षेत्र भित्रका एक रोपनी सम्मको जग्गाहरुको प्लटमिलान लगायतको सम्पुर्ण किताकाँटको सिफारीसहरु अव वडा कार्यालयबाटै हुने भएको छ ।
तारकेश्वर नगरपालिकाको आज बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । एक रोपनी भन्दा बढीको सबै प्लानीङ र प्लटिङको कित्ताकाँट भने नगरपालिकाबाट मात्र हुने तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले बताउनुभयो । नगरप्रमुख महर्जनले नगरकार्यपालिकाको यस निर्णयबाट नगरवासीहरुलाई कित्ताकाँट सिफारीसमा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
यस अघि अंशबण्डा तथा साना टुक्रा जग्गाहरुको कित्ताकाँटको सिफारीस गर्नका लागि नगरवासीहरुले वडा कार्यालय हुंदै नगरपालिका सम्म धाउनुपर्ने बाध्यतालाई अन्त्य गदै नगरप्रमुख महर्जनको सक्रियतामा नगरकार्यपालिकाले उक्त निर्णय गरेको हो । जग्गा कित्ताकाँट सम्बन्धी यस प्रकारको निर्णय गर्ने तारकेश्वर नगरपालिका काठमाण्डौं उपत्यकाकै पहिलो स्थानीय निकाय हो ।
कार्यपालिका बैठकमा तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि मर्हजन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, सहित वडा नं २ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण खड्गी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ५ का अध्यक्ष सम्भु फुंयाल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कविराज बस्नेत, नगरकार्यपालिका सदस्यहरु शान्ता थपलिया, अञ्जु बस्नेत लगायतको उपस्थीती रहेको थियो ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्

Array