तारकेश्वर नगरपालिका विकास योजना आयोगको उपाध्यक्षमा डा. घिमिरे नियुक्त

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट ११ भाद्र २०८०, सोमबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाडौं । तारकेश्वर नगरपालिकाको विकास योजना आयोगको उपाध्यक्षमा डा. कृष्ण बहादुर घिमिरे नियुक्त हुनुभएको छ ।
तारकेश्वर नगरपालिका विकास योजना आयोग (गठन तथा सञ्चालन कार्यविधि) ऐन, २०८० बमोजिम डा. घिमिरेलाई आगामी ३ बर्षका लागि आयोगको उपाध्यक्षमा नियुक्त गरीएको हो ।
तारकेश्वर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतबाट यहि साउन १० गते उमेरहदका कारण अनिवार्य अवकास पाउनुभएका डा. घिमिरेलाई आयोगको ऐन बमोजिम तारकेश्वर नगर कार्यपालिकाले उपाध्यक्षमा नियुक्त गरेको हो ।

May be an image of 12 people, people smiling and hospitalMay be an image of 11 people, hospital and dais

नेपालको संविधानको धारा २२६(१) तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा १०२ को उपदफा (१) ले प्रदान गरको अधिकार प्रयोग गरी तारकेश्वर नगरपालिकाको १३ औ नगरसभाले यो ऐन पारित गरी जारी गरिएको थियो ।
आयोगको उपाध्यक्षमा नियुक्त हुनुभएका डा. घिमिरेलाई आज तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि मर्हजन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्त, सहित वडा नं २ का अध्यक्ष एवं नगरप्रवक्ता राधाकृष्ण खड्गी, वडा नं ३ का अध्यक्ष परशुराम अर्याल, वडा नं ५ का अध्यक्ष सम्भु फुंयाल, वडा नं ६ का अध्यक्ष घनश्याम श्रेष्ठ, वडा नं ७ का अध्यक्ष सानुकाजी खत्री, वडा नं ८ का अध्यक्ष श्यामकृष्ण सापकोटा, वडा नं १० का अध्यक्ष कुमार राई, वडा नं ११ का अध्यक्ष कविराज बस्नेत, नगरकार्यपालिका सदस्यहरु शान्ता थपलिया, अञ्जु बस्नेत लगायत जनप्रतिनिधिहरुले नगरपालिकामा स्वागत गर्नुभयो ।
नेपालको संविधानको धारा २२६(१) तथा स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा १०२ को उपदफा (१) ले स्थानीय निकायलाई विकास योजना आयोगको गठनको अधिकार दिएपनि काठमाण्डौं महानगरपालिका र पोखरा महानगरपालिकाले मात्र हाल सम्म सो आयोग गठन गरेका छन् । नेपालका २७६ नगरपालिका मध्य विकास योजना आयोग गर्ने सम्भबत तारकेश्वर नगरपालिकानै पहिलो नगरपालिका हो ।
उपाध्यक्षमा नियुक्त भएपछि डा. घिमिरेले तारकेश्वरको समृद्धि र विकासका लागि आफुले जिम्मेवार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
तारकेश्वर नगरपालिका विकास योजना आयोगले नगरपालिकाको समग्र समृद्धिका लागि दुरगामी सोच सहितको दीर्घकालीन लक्ष्य, मार्गचित्र, नीति तथा योजना तर्जुमा गरी कार्यान्वयनको लागि सिफारिस गर्ने, नगरपालिकाको विकासको सम्भाबना र अवसरलाई बृहत्तर अध्ययन, अनुसन्धान गरी सहभागितामुलक विधिबाट अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजनाको तर्जुमा गर्ने, नगरपालिकाको आर्थिक, सामाजिक, साँस्कृतिक, वातावरणीय प्रविधि र पुर्वाधारजन्य विकासका लागि आवश्यक योजना तथा परियोजनाको तर्जुमा, कार्यान्वयनमा सहजीकरण, सुपरिवेक्षण, अनुगमन तथा मुल्यांकन गर्ने लगायतका बिभिन्न २७ वटा काम, कर्तव्य र अधिकार तोकिएको छ ।

May be an image of 4 people, people smiling, temple and text that says 'अधिकार W”w.S www.sagarmathapost.com .com'

May be an image of 5 people and text

May be an image of 4 people, people smiling and temple

May be an image of 9 people and people smiling

May be an image of 14 people and people smiling

May be an image of 9 people and people smiling

May be an image of 5 people and text

fgdfg

प्रतिक्रिया दिनुहोस्

Array