चौधरीगुरुप डोजर आतंक रोक्न अन्तरिम आदेश जारी 

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ भाद्र २०८०, मंगलवार
3 Min Read
Aa
काठमाण्डौं, चौधरी गु्रपले आफ्नो घरै भत्किने गरी छिमेकमा रहेको जग्गामा डोजर आतंक मच्चाएको  भन्दै दायर भएको रिट निवेदनमा काठमाण्डौं जिल्ला अदालतले तत्काल निर्माण कार्य रोक्न चौधरी ग्ु्रपको नाममा अन्तरिम आदेश दिएको छ ।
काठमाण्डौं जिल्ला अदालतका न्यायाधीश डण्डपाणी शर्माको इजलासले सोमबार चौधरी ग्रुपको नाममा सो आदेश दिएको हो ।
नेपाली कांग्रेसका पूर्व नेता तथा पूर्वमन्त्री डिल्लीरमण रेग्मीकी छोरी अवन्तिका रेग्मीको निवेदनका आधारमा निर्माण कार्य तत्काल रोकी भदौ २२ गते अन्तरिम आदेश निरन्तर गर्नुनपर्ने कारण भए लिएर आउन समेत चौधरी गु्रपको नाममा आदेश जारी भएको हो ।
अधिवक्ताद्धय अनन्तराज लुईंटेल र विशाल थापाले रेग्मीको तर्फबाट अन्तरिम आदेश जारी नभएमा विपक्षीको ज्यादती बढ्दै जाने भएकोले अन्तरिम आदेश जारी गरी निर्माण कार्य रोक्न माग गरेका थिए । आफ्नो शेषपछि मात्रै नेपाल सरकारको नाममा जाने जग्गा सरकारले हडपेको विरुद्ध सरकारसंग मुद्दा लडिरहेकी रेग्मीले पुनः छिमेकी अरुण चौधरीले सुरु गरेको निर्माण कार्यका विरुद्ध समेत अर्काे मुद्दा दायर गरेकी हुन ।
स्वर्गीय नेता डिल्लीरमण रेग्मीको नाममा दर्ता कायम रहेको लाजिम्पाटको साविक कि.नं. १३६ को ३–४–० जग्गा मालपोत कार्यालयको मिति २०७७÷०९÷१७ को निर्णयले कित्ताकाट  गरी  गैर कानुनी रुपमा आफू जिवित छँदै नामसारी गरिलगेविरुद्धका मुद्दा अदालतमा विचाराधिन छन् ।
सरकारले कित्ताकाट गरी कि नं. ६१ विपक्षी नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको डिल्लीरमण कल्याणी रेग्मी स्मारक पुस्तकालयको नाममा गएउपर दायर मुद्दामा समेत सरकारका नाममा जग्गा रोक्का राख्ने आदेश भई मुद्दा विचाराधिन अवस्थामा छ भने कि.नं. ६२ मा बनेको घरमा रेग्मी आफैं बसोबास गरिरहेकी छिन् ।
आफ्नो उत्तरतर्फका सधियार चौधरी गु्रपको स्वामित्वको चौधरी प्रोपर्टीजको रुपमा रहेको अरुण चौधरीको परिवार बसिआएको घर कम्पाउण्डवाल भत्काउने, ठूला ठूला एस्काभेटर चलाएर आफ्नो घर हल्लाउने, ठूलो ठूलो आवाज उत्पन्न गराई रातभरी रातभरी हल्लाखल्ला गर्ने गरी आफ्नो जीउज्यानमाथि नै अतिक्रमण गरेको दावी सहित रेग्मीले निषेधाज्ञाको निवेदन दायर गरेकी हुन ।
सधिंयार अरुण चौधरीको श्रीमति शीला चौधरी तथा निजका कामदारहरुलाई आफ्नो घर हल्लाउने कार्य रोकिदिनुहोस्, मलाई असुरक्षित गर्ने काम नगर्नुहोस्, कम्पाउण्ड वाल विगत ३०,४० बर्षदेखि हामीहरुको सांधको रुपमा रहेको अवस्था छ, त्यसलाई तपाईंहरुले भत्काउंदा एक त सांधमा समस्या आउंछ र मेरो माटोको घर भत्किन सेक्ने भएकोले रोकीदिनुहोस् भनी पटकपटक दिनैपिच्छेजस्तो अनुरोध गरेकोमा आफनो अनुरोध अटेरी गरेकोले बाध्य भएर अदालतमा मुद्दा हाल्नुपरेको पनि रेग्मीको निवेदनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

Array