बिरामीहरुको हेलिकोप्टरद्वारा उध्दार

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १२ भाद्र २०८०, मंगलवार
1 Min Read
Aa

काठमाडौं,  बाजुरा जिल्लास्थित बडिमालिका मन्दिर दर्शनका लागि गएका कालिकोट जिल्ला, कलपा गाउँपालिका, १ का ३९ वर्षिय धनप्रसाद न्यौपाने अचेत अवस्थामा त्रिवेणी पाटनस्थित खोलामा भेटिएको हुँदा उहाँलाई नेपाली सेनाद्वारा संचालित स्वास्थ्य शिविरमा लगि प्राथमिक उपचार गरिए पश्चात थप उपचारको आवश्यकता भएकोले नेपाली सेनाको हेलिकोप्टर मार्फत क्षेत्रीय अस्पताल सुर्खेत लगिएको छ ।  यस्तै, सोही मन्दिर दर्शनको क्रममा लेक लागि विरामी परेकी बझाङ जिल्ला, जयपृथ्वी नगरपालिका, ९ की ६५ वर्षिय झुपुदेवी धामीलाई नेपाली सेनाको हेलिकोप्टरले उध्दार गरी जिल्ला अस्पताल बाजुरा पुर्‍याईएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array