रेस्लिङ टोली जापान प्रस्थान

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १३ भाद्र २०८०, बुधबार
0 Min Read
Aa

काठमाडौं, रेस्लिङ टोली जापान प्रस्थान मैत्रीपूर्ण रेस्लिङ प्रतियोगितामा सहभागी हुन ३ सदस्यीय नेपाली टोली मंगलबार जापानको ओसाका प्रस्थान गरेको छ । सेप्टेम्बर ३ तारिखमा हुने रेस्लिङमा भरत विसुराल (हिमालयन टाइगर), भगवती खड्का (युनिका) र अस्मिता सुनार (जुरेली) ले प्रतिस्पर्धा गर्ने छन् । एनआरएनए कोन्साइ कमिटी, ओसाकाको सहयोगमा हुन लागेको प्रतियोगितामा नेपाली खेलाडीले जापानी रेस्लेर विरुद्ध प्रतिस्पर्धा गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्

Array