काठमाडौँ महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतको अंकुश

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

काठमाडौं, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडा अध्यक्षलाई नै बनाएर व्यवस्थापन समिति विघटन गर्ने काठमाडौँ महानगरपालिकाको निर्णयमा सर्वोच्च अदालतले अंकुश लगाएको छ । संवैधानिक इजलासमा बुधवार भएको हितवीर सिंह कंसाकार समेतको रिटमाथि अन्तरिम आदेश दिँदै अदालतले काठमाडौँ महानगरपालिका क्षेत्रका सामुदायिक विद्यालय व्यवस्थापन समितिहरू तत्काल विघटन नगर्न आदेश दिएको हो ।

प्रधान न्यायाधीश विश्वम्भर श्रेष्ठ नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वर खतिवडा, आनन्दमोहन भट्टराई, प्रकाशमानसिंह राउत र सपना प्रधान मल्ल छन् । महानगरपालिकाको साउन ३० गते बसेको नगरसभाले सामुदायिक विद्यालयमा रहेका व्यवस्थापन समितिहरू विघटन गर्ने र सम्बन्धित वडाको अध्यक्ष वा अध्यक्षले तोकेको व्यक्ति विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुने व्यवस्था गर्ने निर्णय गरेको थियो । काठमाडौं महानगरपालिका क्षेत्रभित्र ८९ वटा सामुदायिक विद्यालय छन् ।

कंसाकारसहित १८ वटा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महानगरका मेयर बालेन शाहसहितलाई विपक्षी बनाएर अदालत गएका थिए । अदालतले महानगरलाई कारण देखाउ आदेश जारी गर्दै तत्काल सो निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

Array