प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १४ भाद्र २०८०, बिहीबार
1 Min Read
Aa

कैलाली, कैलाली प्रहरीले हतियार र त्यसको गोली गट्ठासहित चार जनालाई पक्राउ गरेको छ । गस्तीमा खटिएको प्रहरी टोलीले लम्कीचुहा नगरपालिका–१ भरुवाबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अर्जुन विक, रामचन्द्र चौधरी, नरेश डङ्गौरा र सचिन चौधरी रहेका छन् । कुन्तीखेत जाने बाटो छेउमा बसिरहेको अवस्थाबाट उनीहरूलाई प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए ।

उनका अनुसार उनीहरूको साथबाट प्वाइन्ट २२ हर्नेट (बन्दुक) एक नाल, त्यसको म्याग्जिन एक थान, गोली १५ राउन्ड र पाँच ग्राम बारुद बरामद गरिएको छ । उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बस्यालले जानकारी दिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array