कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौं । कोशी प्रदेश सरकारविरुद्धको रिटको सुनुवाइ आज हुँदै छ । मुख्यमन्त्री उद्धव थापाले सभाध्यक्ष गरिरहेका सांसदले समेत मत हालेर विश्वासको मत लिएको विषयको रिटमा सर्वोच्च अदालतमा अन्तिम सुनुवाइ हुन लागेको हो । सभाअध्यक्षको भूमिकामा रहेका इस्राइल मन्सुरीको मत लिएर थापाले विश्वासको मत जुटाएको घोषणा गरेपछि एमाले सर्वोच्च गएको थियो ।

७ भदौमा न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत संविधानसम्मत नभएको भन्दै दीर्घकालीन तथा नीतिगत निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको थियो । सभाअध्यक्ष मन्सुरीको मतको आधारमा थापाले ९३ सदस्यीय प्रदेशसभामा बहुमत प्रदेशसभा सदस्य अर्थात ४७ जनाको समर्थन पाएका थिए ।सर्वोच्चले यो मुद्दा छिटो छरितो रुपमा निरुपण गर्नुपर्ने भन्दै १५ भदौ (आज) पेशी तोकेर अग्राधिकार दिन आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

Array