चार दल सम्मिलित समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दै

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ– चार दल सम्मिलित समाजवादी मोर्चाले आज गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्दैछ । देशका सातै प्रदेशमा सन्देश सभा गरिरहेको मोर्चाले आज गण्डकीमा प्रदेशस्तरीय सन्देश सभा गर्न लागेको हो ।

पोखरास्थित दीपेन्द्र सभागृहमा हुने सभामा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

मोर्चाले हिजो सुर्खेतमा कर्णालीस्तरको सन्देशसभा गरेको थियो । बुधवार धनगढीको सुदुरपश्चिममा गर्ने भनिएको सभा अन्तिम समयमा आएर स्थगित भएको थियो । सो प्रदेशमा कहिले सभा गर्ने भन्ने विषयमा मोर्चाले निर्णय गरिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

Array