मुसलधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

जलेश्वर । आधा घण्टा लगातार मुसलधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ । तीव्र गति र ठूलो ठूलो थोपासहित परेको पानीले यहाँका जिल्ला अदालत, जिल्ला प्रहरी, कारागार, जिल्ला प्रशासन, मालपोत र जलेश्वर नगरपालिकाको कार्यालयमा जाने सम्पूर्ण बाटो डुबानमा परेका छन् भने कतिपय कार्यालयको परिसरमा पानी जमेको छ ।

जलेश्वर । आधा घण्टा लगातार मुसलधारे पानी परेपछि महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर जलमग्न भएको छ ।

आज करिब १०ः३० बजेदेखि ११ बजेसम्म परेको भारी वर्षाका कारण जलेश्वरभर पानी पानी भएको छ भने वर्षाका कारण जलेश्वरको सबै सडक पनि डुबेको छ । तीव्र गति र ठूलो ठूलो थोपासहित परेको पानीले यहाँका जिल्ला अदालत, जिल्ला प्रहरी, कारागार, जिल्ला प्रशासन, मालपोत र जलेश्वर नगरपालिकाको कार्यालयमा जाने सम्पूर्ण बाटो डुबानमा परेका छन् भने कतिपय कार्यालयको परिसरमा पानी जमेको छ । पानीका कारण बाटोमा सवारी साधन गुडाउन समस्या भएपछि कार्यालयमा कामकाजका लागि आउजाउ गर्ने सेवाग्राहीसमेत मारमा परेका छन् । लामो समयदेखि पानी नपरेका कारण नगरभित्रको सम्पूर्ण ढल जाम भएर जलेश्वर अहिले जलमग्न भएको हो । पानीको निकासका लागि विभिन्न स्थानमा स्काभेटर तथा डोजर लगाइएको छ ।

प्रतिक्रिया दिनुहोस्