UNMISSमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १५ भाद्र २०८०, शुक्रबार
1 Min Read
Aa

UNMISSमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली  श्री तारादल गण शान्ति सेना तेह्रौ डफ्फाका २१४ जना शान्ति सैनिकहरु मिति २०८० भाद्र १४ गते United Nations Mission in South Sudan (UNMISS) का लागि प्रस्थान गरेका छन् । उक्त टोली संयुक्त राष्ट्रसंघको चार्टर्ड विमानद्वारा क्यगतज क्गमबल मा तैनाथ हुन प्रस्थान गरेको हो । यसअघि भाद्र १३ गते सोही मिशनमा सहभागी श्री शेर गण ९शान्ति सेना० बाह्रौं डफ्फाका २१२ जना सैनिकहरु स्वदेश फिर्ता भएका थिए ।

अफ्रिकी मुलुक दक्षिण सुडानमा तैनाथ रहेको ग्ल्ःक्ष्क्क् मा नेपाली सेनाका दुई इन्फेन्ट्री बटालियन र एक हाई रेडिनेश कम्पनीमा गरी १७०० फौज तैनाथ छन् । त्यस्तै, सेक्टर कमाण्डर १, स्टाफ अधिकृत ४७ र सैनिक पर्यवेक्षक १० जना सहित कुल १७५८ जना नेपाली सैनिक कार्यरत रहेका छन् । यो हाल नेपाली सेनाबाट सबैभन्दा धेरै जनशक्ति खट्टिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिशन हो ।

प्रतिक्रिया दिनुहोस्

Array