सेन्ट लरेन्समा सम्पन्न टेबलटेनिसमा सुविन र सुप्रियालाई स्वर्ण

सगरमाथा पोस्ट
सगरमाथा पोस्ट १६ भाद्र २०८०, शनिबार
1 Min Read
Aa

काठमाडौं,  महान सिद्धार्थका सुविन पोखरेल र सेन्ट लरेन्सकी सुप्रिया गुरुङले अन्तरविद्यालय टेबलटेनिस प्रतियोगिता शुक्रबार स्वर्ण जितेका छन् । सिंगल्सको ब्वाइजमा सुविन तथा गल्र्समा सुप्रिया पहिलो भएका हुन् ।
प्रोग्रेसिभ एजुकेसनल फोरम (पीइएफ) द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा सुविनले लभ्ली एन्जल्सका मुकेश खत्रीलाई ६–११, ११–७, १२–१०, ८–११ र ११–५ को सेटमा पराजित गरे । दुर्गा भवानीका सहज दाहालले मोक्षदाका पदमबहादुर भट्टराईलाई २–० ले हराउदै तेश्रो भए ।
चावहिलस्थित प्रायोजक सेन्ट लरेन्स स्कुलमा भएको प्रतियोगिताको गल्र्स फाइनलमा सुप्रियाले लभ्ली एन्जल्सकी मिङमा शेर्पालाई ११–८, ६–११, ९–११, ११–३ र ११–३ को सेटमा पाखा लगाइन् । मोक्षदाकी सहारा गौतम तेश्रो भइन् । सहाराले निमोनिककी सुजाता चौलागाईंलाई २–१ ले पन्छाइन् ।
विजेतालाई राष्ट्रिय टेबलटेनिस खेलाडी एलिना महर्जन, पीइएफकी अध्यक्ष सीता भट्टराई, सेन्ट लरेन्सका चेयरम्यान केशवप्रसाद दंगाल, सेन्ट लरेन्सका प्रिन्सिपल पुरुषोत्तम महर्जन, सेन्ट लरेन्सका भाइस प्रिन्सिपल उज्ज्वल सिंह, रेफ्री संयोजक नवीन सिंहलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
एकदिने प्रतियोगितामा विभिन्न १० विद्यालयका समान १०–१० ब्वाइज÷गल्र्स गरी २० खेलाडीले सिंगल्स स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

Print Friendly, PDF & Email

प्रतिक्रिया दिनुहोस्

Array